काठमाडौँ । करिब २० वर्ष भन्दा बढी देखी चर्चामा रहेको नेपाल–भारत ऐतिहासिक पेट्रोलियम पाइपलाईन (मोतीहारी–अमलेखगञ्ज पाइपलाईन)को मंगलवार औपचारिक उद्घाटन भएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुबैजनाले भिडियो कन्फरेन्स मार्फत् पाइपलाईनको औपचारिक उद्घाटन गरेका हुन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोट मार्फत उद्घाटन गरेका हुन् ।

वर्षौदेखी चर्चामा रहेपनि निर्माण पुरा हुन नसकेका मोतीहारी–अमलेखगञ्ज पाइपलाईनको उद्योग, वाणिज्य तथा आापूर्ति मन्त्री मातृका प्रसाद यादवको चासो तथा विशेष पहलमा निर्माण सम्पन्न गरी उद्घाटन गरिएको हो । परियोजना सफलतापूर्वक सम्पन्न भएसँगै नेपालको इन्धन आपूर्तिको व्यवस्थापनमा कोशे ढुंगाको रुपमा स्थापित भएको छ ।

पाइपलाईनको लागि उद्योग मन्त्री यादवको विशेष पहल

भारतबाट पाइपलाइनमार्फत डिजेल, पेटोल र मट्टितेल ल्याउने सन् १९९५ तिर चर्चा सुरु भएपनि सन् २००४ मा पहिलो पटक पाइपलाइनको लागि औपचारिक सम्झौता भएको थियो तर काम भने हुन सकेको थिएन । छलफलकै नाममा १५ वर्ष भन्दा बढी बितिसक्दा पनि निर्माण काम सम्पन्न हुन नसकेपछि मन्त्री यादवले राष्ट्रिय महत्वको योजना भन्दै सो निर्माणका लागि चासो देखाउदै विशेष पहल गरेका थिए ।

निर्माण सुरु भएको ३० महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख भएपनि उद्योग मन्त्री यादवको विशेष पहलकदमीमा भारतीय पक्षसँग तथा वन तथा वातावरण मन्त्रालयलगायतका सम्बन्धित सरोकारवाला पक्षहरुसँग विभिन्न चरणमा छलफल गरी आयोजना निर्धारित समय भन्दा अगाडि नै सम्पन्न गर्ने वातावरण तयार भएको थियो । साथै निगम र इण्डियन आयलका पदाधिकारीहरुको नियमित समन्वय तथा अत्याधुनिक प्रविधिको उपयोग गरी निर्धारित समयभन्दा १५ महिना अगाडि नै परियोजनाको निर्माण कार्य सम्पन्न हुन पगेको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री यादवको विशेष पहलमा तीव्रगतिमा निर्माण सम्पन्न भई उद्घाटन भएको पेट्रोलियम पाइपलाईन परियोजनाले मुलुकको आर्थिक विकास लगायत समग्र विकासमा साकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उद्योगमन्त्री यादवको विशेष पहलमा २०७३ चैत्र २४ गते नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन बिच्छ्याउने कार्यको शिलान्यास गरेका थिए ।

नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनको संयुक्त लगानी तथा प्राविधिक साझेदारीमा निर्माण भएको उक्त परियोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना समेत रहेको छ । यसका अतिरिक्त निगमले चितवनसम्म पाइपलाइनको विस्तार गर्ने एवं झापा, सर्लाहीलगायतका थप स्थानमा समेत पाइपलाइन निर्माणको योजना अगाडि ल्याएको छ ।

पाइपलाइनको आवश्यकतामाथी मन्त्री यादवको नजर

विद्यमान ढुवानी प्रणाली अन्तर्गत निगमले इण्डियन आयल कर्पोरेशनको भारतस्थित विभिन्न रिफाइनरी तथा डिपोहरूबाट निगमसँग करारमा रहेका नेपाली नम्बर प्लेटका ट्यांकरहरूबाट इन्धन ढुवानी गरिरहेको छ । इण्डियन आयलको नेपाल नजिकका डिपोहरूमध्ये नेपालको मध्यक्षेत्रका लागि भारतको रक्सौल र बरौनीबाट पेट्रोलियम पदार्थ आयात गरिरहेको छ । बरौनीबाट काठमाडौँसम्मको दूरी करिब ५ सय किलोमिटर रहेको छ । बरौनीबाट आयात गर्ने क्रममा लामो दुरी तय गर्नुपर्ने कारण समय–समयमा इन्धन ढुवानी प्रभावित भई समस्या उत्पन्न हुने गरेको छ ।

यसका अतिरिक्त भारततर्फको लामो दूरी तय गर्दा समय–समयमा देखिने इन्धन अपचलनका समस्या, सवारी दुर्घटना, रक्सौल÷वीरगञ्ज क्षेत्रमा हुने अत्यधिक सवारी जामलगायतका समस्याहरू विद्यमान छन् । यी सबै समस्याहरूको उत्तम समाधान पाइपलाइनमार्फत् इन्धनको ढुवानी र पाइपलाइन आपूर्ति प्रणालीलाई सुनिश्चित गर्ने सबै भन्दा उत्कृष्ट ढुवानी संयन्त्र हो ।

पाइपलाइनमार्फत इन्धन सहज र सरल तबरबाट आपूर्ति गर्न सकिन्छ । रक्सौल–वीरगञ्ज क्षेत्रमा हुने सवारीजामको एउटा प्रमुख कारण पेट्रोलियम पदार्थको ढुवानी गर्ने ट्यांकरहरू पनि रहेको सन्दर्भमा पाइपलाइनले उक्त क्षेत्रको सवारी चाप नियन्त्रण गर्नसमेत मद्दत पुग्ने छ । वातावरणीय दृष्टिकोणबाट समेत पाइपलाइन लाभदायक छ । पेट्रोलियम ढुवानीवापतको खर्च नियन्त्रण भई समग्र रुपमा निगमको व्यावसायिक क्षमतामा वृद्धि गर्नेछ ।

पाइपलाइनबाट हुने फाइदाहरू

सुनिश्चित आपूर्ति संयन्त्र : पाइपलाइन प्रणाली इन्धन ढुवानीको सुनिश्चित संयन्त्र हो । पाइपलाइन संयन्त्रमार्फत भारतको मोतिहारीस्थित इण्डियन आयलको डिपोबाट सिधै निगमको अमलेखगञ्जस्थित डिपोसम्म निर्वाध रुपमा इन्धन आपूर्ति हुनेछ ।

पाइपलाइन प्रणाली इन्धन ढुवानीको सुनिश्चित संयन्त्र हो । पाइपलाइन संयन्त्रमार्फत भारतको मोतिहारीस्थित इण्डियन आयलको डिपोबाट सिधै निगमको अमलेखगञ्जस्थित डिपोसम्म निर्वाध रुपमा इन्धन आपूर्ति हुनेछ ।

ढुवानी भाडा बचत : अमलेखगञ्ज डिपोले हाल भारतको बरौनीस्थित रिफाइनरीबाट इन्धन आयात गर्दै आइरहेको छ । करिब ५ सय ६० किलोमिटर दूरीको राउण्ड ट्रीप अमलेखगञ्ज–बरौनी–अमलेखगञ्ज रुटमार्फत इन्धन आयात गर्न मात्रै निगमले करोडौँ रकम मासिक रुपमा ढुवानी भाडाबापत खर्च गर्दै आइरहेकोमा पाइपलाइनबाट आपूर्ति गर्दा सो रकम बचत हुन्छ ।
प्रदूषण नियन्त्रण ः इन्धन ढुवानी कार्यका लागि सञ्चालन हुने ट्यांकरबाट हुने प्रदूषण तथा वातावरणमा पुग्ने क्षति पाइपलाइनको प्रयोगबाट न्यूनीकरण हुन जानेछ । जसले वातावरण संरक्षणमा मद्दत पुग्नेछ ।

परिमाण र गुणस्तरको सुनिश्चितता : निगमको पूर्णसचेतनाका बावजुद पनि उत्पन्न हुन जाने इन्धनको गुणस्तरको समस्या तथा तापक्रम एवं कार्यगत नोक्सानीका कारण उत्पन्न हुने परिमाणको समस्या समाधानको उत्तम विकल्प भनेको पाइपलाइन नै हो । गुणस्तर एवं परिमाणको सुनिश्चितता पाइपलाइनको मुख्य फाइदा हो ।

समयको बचत : विद्यमान ढुवानी प्रणालीअनुसार ट्यांकर मार्फत् इन्धन आयात गरिँदा लामो दूरी, ट्राफिक जाम, भन्सार जाँच÷पास लगायतका विभिन्न कारणवश अत्यधिक समय लाग्दछ । पाइपलाइनमार्फत् इन्धन आयात गर्दा यी सबै समस्याहरू स्वतः समाप्त हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here