जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमा झडप हुँदा एक जना घाइते भएका छन् ।

झडपको क्रममा प्रहरीको लाठी चार्जबाट सप्तरीको राजविराज नगरपालिका– ८  का प्रदेश कमिटी सदस्य देवनाथ यादवको टाउकोमा चोट लागि घाइते भएका यादवको उपचार बार्दिबासकै स्थानीय अस्पतालमा भईरहेको छ ।

जिल्ला कमिटीको गठनमै मनोमानी गरेको भन्दै तत्कालीन एमाले पक्षधरहरुले आरोप लगाई रहेको बाबजुद महोत्तरीको बर्दिबासस्थित बर्दिबास सेवा समितिको हलमा सिरहा र सप्तरी जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम राखिएपछि झडप भएको हो ।

सिरहा र सप्तरीको सपथग्रहण नेकपा प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले विवाद समाधान नगरी सपथग्रहण गराएको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

Loading...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here