काठमाडौँ, २२ भदौ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले एसिड आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई भेटेका छन् । एसीड आक्रमणबाट घाईते मुस्कानलाई भेटेर मन्त्री यादवले उनको स्वास्थ्य अवस्थाको जानकारी लिदै न्याय दिलाउने बाचा गरेका छन् । घाईतेको स्वास्थ्य अवस्थाको जानकारी लिने क्रममा मन्त्री यादवको साथमा नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साह समेत थिए ।

आइतबार कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा उपचारत खातुनलाई भेट्न नेताद्वय यादव र साह पुगेका हुन् । अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बुझेपछि मन्त्री यादवले खातुनको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए । ‘म पनि यहीँ छु, पार्टीका प्रदेश अध्यक्ष प्रभु साह पनि यहीँ हुनुहुन्छ । हामी यस विषयमा चिन्तित छौँ र यसलाई गम्भिरतापूर्वक लिएका छौँ । उपचारका लागि कुनै चिन्ता लिनुपर्दैन’ मन्त्री यादवले भने ।

एउटा निर्दोष बालिकामाथि आक्रमण भएको भन्दै मन्त्री यादवले अपराधमा संलग्नलाई कुनै पनि हालतमा माफ गर्न नसकिने बताए । ‘यस्ता खालका अपराधमा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ’ मन्त्री यादवको भनाई थियो ।

Loading...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here