बारा । ‘रक्तदान जीवन दान’ भन्दै बाराको कलैयामा ६२ जना युवाले रक्तदान गरेका छन् । समाजवादी युवा संघद्वारा कलैयामा आयोजित रक्तदान कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री एवं समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादवले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा पुर्व सभासद् प्रमोद गुप्ता, प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, प्रदेश सभा सदस्य पारस साह, जिल्ला अध्यक्ष अजय पटेल, समाजवादी युवासंघका केन्द्रिय सदस्य ओम यादव (मनिष) सहित ६२ जनाले रक्तदान गरेको जनाइएको छ ।

केन्द्रिय सदस्या ओम यादवका अनुसार बारामा आएको हावाहुरीका क्रममा रगत अभावका कारण उपचारमा समस्या भएको र अन्य समयमा पनि बिरामीलाई रगत अभाव हुने भएकाले रक्तदान गरिएको बताए । उनले बाराको हावाहुरीको समय बिरामीलाई रगत अभाव हुँदा बाहिर पठाउनुपर्ने बाध्यतालाई ध्यानमा राखि आगामी दिनमा त्यस्ता समस्या नदोहोरियोस् भनेर युवालाई सचेत गराउँदै कार्यक्रमको आयोजना गरिएको पनि बताए ।

कार्यक्रममा समाजवादी युवासंघका बारा नगर अध्यक्ष शिवनाथ पटेल, नगर युवा अध्यक्ष संजय केशरी, नगर उपाध्यक्ष तथा रक्तदान व्यवस्थापक शैलेन्द्र मिश्र, युवा नेता शसि दास, विद्यार्थी नेता शैलेन्द्र यादव, सुजित पण्डे, विरगंज ब्लड बैंक तथा जिल्लाका नेता तथा युवाहरूले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here