जनकपुरधाम । बिरेन्द्र बजारदेखि यदुकोहा सम्मको सडकलाई सहिद रामवृक्ष राजमार्ग नामाकरण गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुविर महासेठले बताएका छन् ।

निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध लडेका सहिद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । सभालाई सम्बोधन गर्दै महासेठले यदुकोहादेखि खजुरी महुवा हुँदै सिमाना सम्मको सडक निर्माणको लागि टेण्डर भईसकेको भन्दै त्यस राजमार्गको नाम सहिद कामेश्वर कुशेश्वर राखिने बताएका छन् ।

सहिद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहितका शीर्ष नेताहरु आज बरमझिया आएर श्रद्धाञ्जली दिएका छन् ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here