जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि ८० जना नर्स र अनमि राख्ने भएको छ ।

सामाजीक विकासमन्त्री नवल किशोर साहले अबको एक साता भित्र ८० वटा विद्यालयमा नर्स र अनमी राख्ने काम सुरु हुने बताए ।

उनले भने, ‘पहिलो चरणमा हामी ८० जना नर्स र अनमीको लागि आवेदन खुलाउँछौं र माध्यमिक तहका विद्यालयमा व्यवस्थापन गर्छौ ।’

प्रदेश सरकारले कार्यक्रमको लागि आगामी बजेटमा व्यवस्था गर्ने तयारी थालेको उनले जानकारी दिए ।

मन्त्री साहले बालबालिकाको स्वास्थ्य जाँच गर्ने व्यवस्था विद्यालयमा हुँदा उनीहरुको स्वास्थ्य अवस्थाबारे पनि थाहा हुने र त्यसले समग्र प्रदेशमा बालबालिकाको स्वास्थ्य अवस्था पनि थाहा हुने बताए ।

Loading...
Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here