काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । यसअघि दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, दूतावास लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, अमेरिकाले भिसा नदिएपछि ठूलै खैलाबैला मच्चिएको थियो ।

उनलाई भिसा नदिएको विषयमा अमेरिकी दूतावासको चारैतिरबाट आलोचना भएको थियो ।

लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ । क्रिकेट टीमका व्यवस्थापक रमन शिवाकोटीले अमेरिकी दूतावासले फेरि बोलाएर भिसा दिएको बताए ।

सन्दीपले पनि ट्वीट गर्दै ‘समस्या समाधान’ भएकाे बताएका छन् ।

Loading...
Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here