जनकपुरधाम । महोत्तरीको भंगाहा नगरपालिका ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह जनकपुरबाट घुससहित पक्राउ परेका छन् ।

उपभोक्ता समितिका पदाधिकारीसंग १ लाख ६० हजार घुस लिदैगर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । उनलाई जनकपुरको पिडारी चोकमा रहेको राष्ट्रीय बाणिज्य बैंकबाट पक्राउ गरिएको छ।

वडाध्यक्ष मो. रफिक आलमसंग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए ।

पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगेको छ ।

Loading...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here