जनकपुरधाम । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । 

क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका सन्दिपले भिसा नपाएपछि ट्विट गर्दै आफु आश्चर्यमा परेको बताएका छन् ।  उनले पीएम नेपाललाई मेन्सन गर्दै भनेका छन्,- ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ ।

उनले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

Loading...

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here