काठमाडौं। उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वकाे समाजवादी पार्टीका प्रतिनिधि सभाका सांसद सूर्यनारायणा यादवले राजीनामा दिएका छन् ।

प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सांसद यादवले साेमबार राजीनामा दिएका हुन् । उनले सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका छन् ।

उनले आफ्नो स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न राजीनामा दिएकाे जनाएका छन् ।

उनले आफूलाई डाइबिटिज लगायत समस्या रहेकाे बताएका छन् । सांसद यादवले भने, ‘आराम गर्न पदबाट राजीनामा दिएको हुँ ।’  यादव सप्तरीमा नाम चलेका डाक्टर हुन् ।

यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ । त्यसपछि पुनः चुनाव गराउनुपर्छ । हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ । सभार: दैनिक नेपालबाट

Loading...
Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here