जनकपुरधाम । जनकपुरधाममा परिक्षा केन्द्र सारिएको भन्दै पक्राउ गरिएकाहरुलाई रिहा गरिएको छ ।

स्नातक तह बिबिएस दोस्रो बर्षको परीक्षा केन्द्र सारिएपछि प्रदर्शनको क्रममा पक्राउ गरिएको ५ जनालाई रिहा गरिएको छ । राराब क्याम्पसमा तोकिएको परिक्षा केन्द्र नीजि क्याम्सपसमा सारिएपछि आफुहरुलाई जानकारी नगराई परिक्षा केन्द्र सारिएको भन्दै प्रशासन विरुद्ध नारावाजी गर्दै तोडफोडमा उक्रेकाहरुलाई पक्राउ गरिएको थियो । तर, परिक्षा केन्द्रको राराबमा उचित व्यवस्थापन नभएपछि परिक्षा केन्द्र सारिएको जनाईएको छ ।

प्रदर्शनको क्रममा पक्राउ पर्ने रिहा हुनेमा नरेन्द्र कर्ण, रोशन प्रधान, सुभाष यादव सहित अन्य दुई जना रहेको थियो ।

प्रदर्शनको क्रममा प्रहरीसँग सामान्य झडप पनि भएको थियो ।

भिडियो यहाँ :


भिडियो/ फोटो : धनश्याम मिश्र

Loading...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here