जनकपुरधाम । आर्थिक अभाव झेल्दै आई रहेका मुसहर तथा अति विपन्न डोम, चमार, धोबी समुदायका २८ जना विधार्थीहरुलाई विधालय पोशाक तथा वर्ष भरी पुग्ने स्टेशनरी वितरण गरिएको छ । प्रदेश नम्बर २, सर्लाही जिल्ला, चन्द्रनगर गांउपालिका वडा नम्बर २ का ती २८ जना विधार्थीहरुलाई विगत तीन वर्ष देखि उक्त सहयोग प्रदान गर्दै आई रहेको छ। बबरगंज, बिर्ता बजार र दोनबारी टोल गरी वडा नम्बर २ का २१ जना मुसहर र ७ जना चमार, डोम तथा धोबी समुदायका बालबालिकाहरुलाई शिक्षाको मुलधारमा ल्याउन उक्त सामाग्री प्रदान गरिएको छ ।

चन्द्रनगर गांउपालिका वडा नम्बर २ का अध्यक्ष राम नारायण महतोद्धारा ती २८ जना मुसहर, चमार, डोम र धाबी समुदायका विधार्थीहरुलाई पोशाक तथा स्टेशनरी आज वितरण गरिएको छ । भोर, शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानको सहजीकरणमा देश विदेशमा बसोबास गर्ने विभिन्न मनकारी व्यक्ति तथा संस्थाहरुको सहयोगमा उक्त पोशाक र स्टेशनरी सामाग्रीहरु व्यवस्था गरी वितरण गरिएको छ । हेल्पीड. ह्यान्डस नेपाल, एनटियु पिएचडी स्टुडेन्टस सिंगापुर र भोरका सदस्यहरुको आर्थिक सहयोगबाट विगत तिन वर्ष देखि प्रत्येक वर्ष ती विधार्थीहरुलाई पोशाक र स्टेशनरी प्रदान तथा ट्यूशन पढाउने कार्य भई रहेको छ ।

भोर, शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानको संयोजक पचुलाल माझि मुसहर र भोरको सदस्य उमेश कुमार साहको व्यवस्थापनमा सो पोशाक र स्टेशनरी वितरण कार्य सम्पन्न भएको छ ।

चरम गरिबी, पारिवारीक वातावरण तथा सामाजिक विभेद जस्ता बाधाहरुले गर्दा कारण शिक्षा आर्जनबाट बन्चित मुसहर समुदाय लगायत डोम, चमार, र धोवी समुदायका बालबालिकाहरुलाई औपचारीक शिक्षा अध्य्यनको मुलधारमा ल्याउने एक सरल, मित्तव्ययी र सृजनात्मक मोडलको कार्यान्वयन भई रहेको छ । भोर, शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानको अगुवाई तथा सहजीकरणमा उक्त सृजनात्मक मोडेलको कार्यान्वयन भई रहेको छ ।

यस मोडेल अन्तरगत विधार्थीहरुलाई विधालय वर्ष भरि पुग्ने युनिर्फम, स्टेशनरी प्रदान गर्नुको साथै स्थानीय टोलबाट र दलित समुदायकै उच्च शिक्षा अध्य्यन गरिरहेको योग्य व्यक्तिद्धारा दैनिक ट्यूशन पढाउने, विधार्थीहरुको अनुगमन गर्ने र विधार्थीको परिवारमा अध्य्यनको वातावरण बनाउने जस्ता केही सरल कार्यहरु संचालन भई रहेको छ ।

Loading...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here