लण्डन। युरोपेली  च्याम्पियन लिभरपुललाई इटालियन क्लब नेपोलीले ३–० ले हराएको छ । प्रि-सिजनको मैत्रिपूर्ण खेलमा लिभरपुलले कुनै पनि खेलमा जित हात पार्न सकेन ।

यसअघि लिभरपुल जर्मन क्लब बोरुसिया डोर्टमण्ड र स्पेनिस क्लब सेभियासँग पराजित भएको थियो भने पोर्चुगिज क्लब स्पोर्टिङसँग बराबरीमा रोकिएको थियो ।

इडिनबर्गमा रहेकाे मुरेफिल्ड स्टेडियममा भएको खेलमा नेपोलीलाई जित दिलाउनका लागि लोरेन्जो इन्साइन नायक बने । तीनवटै गोलमा उनी प्रत्यक्ष रुपमा संलग्न भए ।

स्ट्राइकर लोरेन्जोले १७ औं मिनेटमा नेपोलीको खाता खोले । उनले ड्राइज मार्टिन्सको पासमा गोल गरेका थिए । २८ औं मिनेटमा इन्साइनको पासमा अर्काडिउज मिलिकले गोल गर्दै पहिलो हाफअघि नेपोलीलाई २–० को अग्रता दिलाए ।

५२ औं मिनेटमा उनले गरेको प्रहार गोलकिपरले रोकेका थिए । त्यसपछिको रिबाउण्ड बललाई अमिन युनुसले गोल गरेका थिए ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here