काठमाडौं । इन्टरनेशनल एजुकेशन स्पेशलिष्ट अर्थात आइडीपीले ‘विगेस्ट अष्ट्रेलियन एजुकेशन फेयर’ आयोजना गर्ने भएको छ । अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन गर्न जानचाहने विद्यार्थीहरुलाई मध्यनजर गर्दै आइडीपीले मेला आयोजना गर्न लागेको हो ।

मेला राजधानी काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा संचालन हुनेछ । २६ जुलाई अर्थात साउन १० गते शुक्रवारका दिन बिहान ११ बजेदेखि ५ बजेसम्म मेला संचालन हुने आइडीपीले जनाएको छ ।

मेलामा अष्ट्रेलियाका ३५ भन्दा बढी कलेज तथा विश्वविद्यालयहरुको सहभागिता रहनेछन् । उनीहरुले अष्ट्रेलियाको शिक्षा, छात्रवृत्ति, रोजगारीलगायतका विषयमा परामर्श दिने आइडीपीले जनाएको छ ।

यसका साथै मेलामा अष्ट्रेलिया जानुपूर्व र त्यहाँपुगी सकेपछि विद्यार्थीले ध्यानदिनुपर्ने कुराहरुका बारेमा समेत जानकारी दिईने छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था समेत मिलाइएको छ ।

आइडीपी, शैक्षिक परामर्श दिने बहुराष्ट्रिय कम्पनी हो । यसको विश्वका ३२ वटा देशहरुमा ११० वटा शाखा रहेका छन् । यो कम्पनी अष्ट्रेलियाको स्टक एक्सचेन्जमा समेत सुचिकृत छ । विगत ५० वर्षदेखि शैक्षिक परामर्श कार्यमा सक्रिय यो कम्पनी नेपालमा पनि गतवर्षदेखि क्रियाशिल छ ।

आइडीपीले अष्ट्रेलिया, युके, क्यानडा, अमेरिका र न्यूजिल्याण्डमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुकालागि परामर्श दिने गर्दछ । आइडीपीले कोर्स र विश्वविद्यालयको छनौट, आवेदन, भिसा काउन्सिलिङ, प्रि डिपार्चर ओरिन्टेशन लगायतका कामहरु गर्दै आएको छ ।

Loading...
Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here