विश्वभरि नै सञ्चार जगत फस्टाइरहेको अवस्थामा डिजिटल मिडियाको दुनियामा आजदेखि औपचारिक रुपमा हामी पनि तपाईंहरुको माझ आएका छौँ ।
सत्य, निष्पक्ष, स्वतन्त्र तथा सन्तुलित सुचना, समाचार, विष्लेषण, मनोरञ्जन तथा अन्य सामग्रीहरु सहित जनकपुर टाइम्स डटकम डिजिटल पत्रकारिताको माध्यम बाट तपाईंहरु माझ होमिएको छ ।
यसै सञ्चार माध्यमको मार्फत हामी अंग्रेजी भाषामा समेत सत्य, निष्पक्ष, स्वतन्त्र तथा सन्तुलित सुचना, समाचार, विष्लेषण, मनोरञ्जन तथा अन्य सामग्रीहरु समेत सम्प्रेषण तथा सम्पादन गर्नेछौँ । साथै यसै अनलाइन सञ्चार माध्यमको माध्यमले हामीले अनलाइन टिभी समेत सञ्चालन गर्ने जानकारी गराउन चाहन्छौँ । हामीले सञ्चालन गर्ने अनलाइन टिभी प्रदेश नं. २ कै पहिलो अनलाइन टिभी हुनेछ ।
जसमा तपाईं पाठकवर्गहरुको सहयोग, सल्लाह, सुझाव आवश्यक रहेको छ र हामीले अपेक्षा पनि गरेका छौँ ।
हामीले सत्य, तथ्य र निष्पक्ष पत्रकारितालाई हामी व्यवहारमै देखाउने प्रयास गर्नेछौँ । हामी पत्रकारिताको माध्यमबाट कुनै किसिमको गलत गतिविधि गर्न प्रोत्साहन गर्नेछैनौँ र गलत क्रियाकलाप हुन नदिने प्रयास पनि गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
अहिलेको युग सूचना तथा सञ्चारको प्रविधिको युग हो भन्ने मान्यता स्थापित भैसकेको छ । आमसञ्चारका माध्यम मध्ये पत्रिका, रेडियो, टेलिभिजनले क्रमश समय समयमा आ–आफ्नो प्रभाव देखाए ।
प्रविधिको विकाससँगै अहिले अनलाइन पत्रकारिता प्रभावकारी बन्दै गएको छ र समाजको आवश्यकता पनि बनेको छ ।
सञ्चार क्षेत्रमा आएको परिवर्तनले चेतना र विकास तथा परिवर्तनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । हाम्रो प्रयास पनि त्यही सकारात्मक र इमान्दारिताको पक्षमै हुनेछ ।
नेपालको हकमा त झन लोकतान्त्रिक परिवर्तन र सामाजिक रुपान्तरणमा मिडियाले अति नै महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । अब विगतमा जस्तो परिवर्तनका लागि र राजनीतिक अधिकारका लागि लड्नुपर्ने छैन ।
तर, मुलुकको सम्वृद्धि र जनताका हकअधिकारलाई व्यवहारमा कार्यान्वयन गर्दै अघि बढ्नु आजको आवश्यकता र चुनौती पनि हो । त्यो काममा मिडियाले सहि र निरन्तर भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
सुशासन र पारदर्शिता, सामाजिक परिवर्तन, जनताको हक–अधिकार र सहि सूचना, निरन्तर हाम्रो प्रतिवद्धता नै हो । त्यसैले अनलाईन पत्रकारीताको बढ्दो भिडमा हामीले चालेका पाईलामा तपाईको पनि निरन्तर सहयोग र सुझाव पाउँनेछौँ भन्ने विश्वास पनि हामीले लिएका छौँ ।
तपाईको सहयोग र खवरदारीले हामीलाई अघि बढ्न मद्दत पुर्याउनेछ ।

                                                                                                       प्रकाशक
                                                                                                 सुदिप कुमार शर्मा

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here