गणेश कुमार शर्मा

सिरहा। सिरहाको मिर्चैया नगरपालीका वडा नं.९ स्थित रहेको बतहा खोलाको पानि पिउन मुसहर समुदाय लाई बाध्यता रहेको छ । त्यही खोलाको किनारमा ६० घर परिवार मुसहर समुदायको बस्ति रहेको छ । यही बस्तिका २ सयको हाराहारीमा रहेका मुसहर समुदाय त्यही बताहा खोलाको धमिलो पानि पिउन बाध्यता रहेको छ । मुसहर समुदाय दलित समुदाय भित्र पनि बिपन्न वर्ग भित्र पर्छन् ।

शुद्ध पीउने पानीको सुविधा नहँुदा यहाँका मुसहर समुदायका पुस्ता देखि बताहा खोलाको पानिमा निर्भर छन् । बस्तिकै ७० वर्षिय विल्टु मुसहरले आफ्ना समुदायका पुस्ता देखि बताहा खोलाको फोहोर पानी खाँदै आएको बताए । उनले भने, ‘मेरो बाजेहरुले पनि यही खोलाको पानी पिउँथे अहिले मेरा नातीलाई पनि यही पानीको भर छ । मिर्चैया नगरपालीका वडा नं.९का करिब ३६ वर्षियका रामबाबु सदाले भने , धमिलो र फोहर खोलाको पानी पिउँदा हामीलाई धेरै पटक विभिन्न खालको स्वास्थ्य समस्या आई रहेको छ ।

वर्षाको वेलामा त खाने पानीको झनै समस्या हुने गरेको गाउँलेहरुले बताए । वर्षा भएपछि खोलामा धमिलो बाढी बग्छ । बाढी रोकिएपछि किनारमा कुवा खनेर खानेपानीको गर्जो टार्नु पर्ने उनिहरुको बाध्यता छ । स्थानिय ४५ वर्षिय रामनारायण मुसहरले सुनाए, ‘अविरल बर्षा हुँदा बाढी रोकिदैन, त्यतीबेला भने हामी पानीनै खान पाउँदैनौँ , धेरै तिर्खा लागे खोलाकै धमिलो पानी खान बाध्य हुन्छौँ ।

सिरहा क्षेत्र नं. ४ मा पर्ने यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दहालले तत्कालिन दोस्रो सविंधानसभा सदस्यको चुनाव जितेका थिए । स्थानिय निकायको चुनाव पछि सिहंदरवार गाउँमै आउँछ भनेर नेताहरुबाट सुनेका उनीहरुलाई स्थानिय सरकारले समेत बेवास्ता गरेको छ । जुनसुकै व्यवस्था आएपनि हामी गरिबलाई कसैले हेरेन, पानी समेत शुद्ध खान पाएका छैनौं । ‘हामी दलित नेताको भोट बैकं मात्र भयौँ, स्थानिय सरकारबाट हामी दलितले सामान्य सुविधा पनि पाउन सकिरहेका छैनौं’, विल्टु मुसहरले दुखेसो पोखे ।

यहाँका दलितहरुले स्थानिय नेताहरुलाई पानीको लागि पटक पटक गुहारे पनि कुनै सुनवाई भएको छैन । दलितका नाममा खुलेका दर्जनौ सघँसँस्थाले पनि उनिहरुको समस्यामा ध्यान दिएका छैनन् । गाउँका सबैजसो अरुकोमा ज्याला मजदुरी गरेर दैनिक गर्जो टार्ने गर्छन् । ज्यालामजदुरीले जीविका चलाईरहेका उनिहरु आफ्नै प्रयासले खाने पानीको जोहो गर्न सक्दैनन् । ‘पानीको लागि इनार (कुवा), धारा बनाउन धेरै रकम खर्चिनु पर्ने भएकोले हाम्रो बुताले भ्याउँदैन, अरु कसैले बनाई पनि दिएनन,’ रामबाबु सदायले भने ।

यो बारेमा कुरा गर्दा मिर्चैया नगरपालिका ९ वडाध्यक्ष मोहन पोखरेलले आफूसँग ठूलो बजेट नभएकोले यहाँका दलित समुदायको खानेपानीको ब्यवस्थागर्न नसकेको स्विकारे । वडाध्यक्ष पोखरेलले भने, ६० घर दलितलाई खानेपानीको प्रवन्ध मिलाउन बजेट धेरै चाहिने भएकाले नगरसँग गुहार मागेपनि कुनै सुनवाई भएको छैन । थोरै बजेटले त्यहाँको पानीको समस्या समाधान गर्न गर्नौ सकिन्न ।

Loading...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here