महोत्तरी । महोत्तरीका निर्माणाधीन सडकहरूमा उडेको धुलोले आँखारोगीको संख्या बढेको भन्दै सरोकारवाला चिन्तित भएका छन् ।

आँखा उपचार केन्द्र जलेश्वरका दृष्टि विशेषज्ञ डा. वीरेन्द्रक’मार यादवले ध’लोका कारण सर्वसाधारणमा आँखाको समस्या बढेको बताए ।

जिल्लाका प्राय सबै मुख्य तथा सहायक सडक निर्माणको चरणमा छन् । ठेकेदारको लापरबाहीका कारण समयमै सडक निर्माण नहुँदा समस्या बढेको स्थानीय बताउँछन् ।

जलेश्वर नगरपालिका–२ का वैभव चौधरी दैनिक धुले सडकमा यात्रा गर्छन् । नले गत साता आँखा पाकेर समस्या भोग्नुपरेको बताए ।

नेपाल रेडक्रस सोसाइटी महोत्तरी र सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा सञ्चालनमा रहेको आँखा उपचार केन्द्र जलेश्वरमा शुक्रबार मात्र दर्जनौँ बिरामी आँखा जाँचका लागि आएका थिए । तीमध्ये अधिकांशमा धुलो र प्रदूषणकै असर देखिएको थियो । याे समाचार अाजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Loading...
Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here