जनकपुरधाम । जानकी नवमीको अवसरमा भगवान रामजानकीको पुजा गर्न राष्ट्रपति विद्यादेवी  भण्डारी आज जनकपुर आउने भएकी छिन् ।राष्ट्रपति कार्यालयले औपचारिक रुपमा कार्यक्रम सार्वजनिक नगरेपनि सुरक्षा अधिकारीहरुका अनुसार सोमवार विहान १० बजे उनी हेलिकोप्टरबाट जनकपुर आउने कार्यक्रम रहेकाे छ ।

रामजानकी  विवाहमहोत्सवको अवसरमा भव्य कार्यक्रम र रामनवमीमा समेत जाकपुरमा विशेष कार्यक्रम हुने गरेको छ । केहि वर्षदेखि जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकी नवमीलाई १५ दिवसिय विविध कार्यक्रमहरुको आयोजना गरी मनाउन थालेका हुन् ।नवरात्रा देखि छठिहार(न्वारण)सम्मको कार्यक्रम समावेश गरिएको छ ।

जानकी नवमीको अवसरमा पहिलो पटक देशको राष्ट्रपति सरिक हुन थालेकी छन् । उनी विहान मन्दिरमा पुजा गरी फर्किने बताइएको छ ।

उनी २०७२ साल पुस १ गते रामजानकी  विवाहमहोत्सवमा पहिलो पटक राष्ट्रपति भण्डारी आएकी थिईन् ।त्यस बखत मधेशी आन्दोलनकारीहरुले  विरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here