सुनसरीको कोशी गाउँपालिका २ का ८४ वर्षिय बौवालाल यादवको निधनको १० औं पुण्यु तिथीमा गरिएको एतिहासिक तीन भोजका सहभागीहरु ।
तस्विर : जयकृष्ण यादव ।

इनरुवा । सुनसरीको कोशी गाउँपालिका २ का ८४ वर्षिय बौवालाल यादवको निधनको १० औं पुण्यु तिथीमा एतिहासिक भोज गरिएको छ ।

जिल्लामै पहिलो एतिहासिक यादव समुदायको तीन सभाको भोज विहीबार सम्पन्न गरिएको हो । समाजसेवी यादवका तीन छोराहरु गुजन यादव, तिलक यादव र मनो्ज यादवले गर्नुभएको भोज जिल्लामै पहिलो ठूलो भोज भएको मैनजन (यादव समुदायका राजा) गुरुदेव यादवले जानकारी दिएका छन् ।

तीनभाई छोराहरुले बुवाको निधनमा स्वर्गमा बास र आत्माले चिरशान्ती पाउने तथा निधन पछि पनि देशविदेशमा चर्चा हुने भएकाले मृत्यु संस्कारमा गरिने भोज गरेको यादवले बताएका छन् । यादवले यो भोजलाई नेपाल र भारतका यादवहरुको कुम्भको संज्ञा दिएका छन् ।

आफ्नो बुवाको निधनमा अर्का समाजसेवी राजकुमार यादवले एक सभा भोज गरेको तीन वर्षपछि कोशी २ मा तीन सभाको एतिहासिक भोज गरिएको मैनजन सत्यनारायण यादवले बताए ।

तीन दाजुभाईले आफ्ना पितृको उद्धारका लागि ६० लाख रुपियाँ खर्चेर नेपालको सुनसरी, मोरगं र सप्तरी तथा भारतको विराह राज्यको सुपौल र अररियाका १५ हजार यादवलाई सभाभोज खुवाएका छन् ।

त्यसरी भोज खुवाउँदा पितृ तर्ने र स्वर्गलोकको वास हुने विश्वास रहेको छ । मधेसमा बस्ने यादव समुदायले मरन कार्यमा यसरी भोज खुवाउने प्रचलन रहेको छ ।

धेरैले सामान्य हिसाबमा भोज खुवाए पनि केहीले निकै ठूलो धनराशि खर्च गरेर भोज खुवाउने यादव समुदायमा चलन छ । तीनभाई जादुभाईले बाबुआमाको पैतृक सम्पत्तिबाट ६० लाख बढी रकम खर्च गरेर भोज खुवाएका यादव सेवा समितिका अध्यक्ष भुवनेशवर यादवले बताए ।

यादवले भोज खानका लागि नेपालको प्रदेश नम्बर एकको सुनसरी, मोरङ, सप्तरी र भारतको बिहार राज्यको सुपौल र अररियाबाट समेत निम्तालु आएको जानकारी दिएका छन् ।

मधेसी तथा यादव सामुदायमा विवाह, मृत्यु र जन्मोत्सवका अवसरमा गरिने भोजलाई निकै महत्वका साथ हेरिन्छ । नेपालमा यादवहरूको तथ्यांकका आधारमा जनसंख्या १० लाख ५४ हजार ४ सय ५८ रहेको छ । यादव जातिमा यादव, जादव, खड्गा, मरमैता, भुसकुलीय, दहीयार, गोइत, मरिक, माल, कोडगीया, महत्वान, बनरैत, लगरबार, लहोठिया, भिन्दवा, कुसियैत, सुनरैत, मटियैत, खेरबार, बहरखेर, किसनौट, मजरैट, दहियार लगायतका जाति छन् ।

पुर्वी तराईमा बसोबास रहेको यादवहरूले प्रायः गरेर भोजलाई आफ्नो प्रतिष्ठासंग जोडेर हेर्ने गर्छन् । यादवका अलावा मधेसी समुदायका मेहता, साह, झा, हलुवाईलगायतका जातजातिमा उनीहरूको जातीय भोज गर्ने चलन छ । केही वर्षअघि सुनसरीको गढी गाउँपालिकाको सतैरझोरामा विनकालमै एक जनाले श्राद्ध भोज खुवाएका थिए । नत्र प्रायः मृत्युपछि मात्रै पितृको नाममा भोज खुवाउने चलन थियो । भौसाइ यादवको घरमा सुनसरी, सप्तरी, मोरङ र भारतको विहारबाट समेत यादवहरूलाई बोलाएर भोज गराए ।

धेरैजसोले यति ठूलो राशि खर्च गरेर भोज गर्न नक्सने भए पनि केहीले भने भोजको परम्परालाई निरन्तरता दिइरहेको नेकपाका नेता मनटुन यादवले बताउँछन् । उनले भने, ‘भोजमा लाखौं रुपियाँ खर्च गर्न तयार हुने यादव छोराछोरीलाई शिक्षा दिने विषयमा भने पछि रहेका छन् ।’

मधेसी समुदायको व्यक्तिको मृत्यु भएको दशौं दिनदेखि तेह्रांै दिनसम्ममा भोज गर्ने परम्परा रहेको उनले बताए ।

सुनसरी, सप्तरी र मोरङ जिल्लामा हुने ठूला भोजको संयोजन भने सभामुख(चौरासी, थानपती) ले गर्छन् । अहिले गुरुदेव यादवले त्यसको संयोजन गरिरहनुभएको यादव गोपाल समन्वय समितिका सचिव जयकृष्ण यादवले बताए । गुरुदेवले आफ्नो सभा भोज गर्नेहरूको घरमा गएर ५५ गाउँका यादवलाई निम्तो दिने र बोलाउने काम गर्छन ।

त्यसैगरी अर्को सभाको रामदेव र रामनारायाण यादवले संयोजन गरिरहेका छन् । कोशीको यादव सभाभोजमा एक हजार जना कामदारमात्रै रहेका थिए । जसले पकाउने र पस्कने अनि खुवाउने जिम्मा लिएका थिए । भोजको दुई दिनअघि प्रत्येक गाउँका मैनजन (गाउँका मुखिया) लाई भेला बोलाई भोजको विषयमा जानकारी दिने र निम्तोका लागि सुपारी दिने गरिन्छ । सुपारी पाएका मैनजनहरूले आफ्नो गाउँमा घरघरमा गएर भोजको निम्तो दिन्छन् । निम्तो पाएकाले भोजमा जानै पर्ने बाध्यता हुन्छ । यदि कोही भोजमा भएन भने स्पष्टीकरण माग्ने र चित बुझ्दो जवाफ नआएको खण्डमा ढाठने (भोज खान रोक लगाउने) काम हुन्छ ।

भोजमा दाल, भात, तरकारी, पुरी, पुलाउ, तरकारी, दही, बुनिया, रसभरी, लालमोहन, चटनीलगायत मिष्ठान्न तयार गरिन्छ । भोजमा महिलाको भने सहभागिता हुँदैन । जातीय एकताका लागि भोज प्रथाको निकै महत्व रहेको सुनसरीको नरसिंहबाट मडरको रुपमा रहेका मैन्जन मनोज यादवले बताए । मृत्यु संस्कृति होस वा बिकृति । मृत्यू पश्चात हिन्दु धर्म ग्रन्थ अनुसार क्रिया सम्बन्धि कार्य सम्पन्न गर्दै क्रियाको दशौ दिन श्राद्धमा अधा करोड बढीको लगानिमा तिन सभाको प्रथम भोज गरेको भोजी मनोज यादवले बताए ।

उता यादवको निधनमा भएको भोजमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव, गढीका अध्यक्ष श्रीप्रसाद यादव , १० जना यादव वडा अध्यक्षहरु र भारतका मुखियाहरु समेत आएका थिए । विहीबार आयोजन गरिएको तीन सभाको भोजमा चौरासी, मड्र, मैइन्जन र देवानको माध्यमबाट निमन्त्रना पठाएर भोज खानेहरुलाई बोलाईको थियो ।

एकाइसौं शताब्दी भइसक्दा संचारको ठूलै माध्यमको रुपमा रहेको मड्र, मैइन्जन र देवान दुई दिनमै निमन्त्रना पठाई भोज कार्य सफल गर्ने गरेको यथार्थ रहेको पाइन्छ । समुदायमा अन्तरघुलनको सकेंत समेत रहेको यस्ता किसिमको भोज कार्य एक उत्सवको प्रतिक बनिसकेको देखिन्छ । एक ठाउँमा नै जम्घट भएर भोज खाने मौका पाएपछि यादव समुदायहरुमा हर्ष छाएको छ । सयौं कुइन्टल दहि खर्चिएको तीन सभा भोजको मर्यादा राख्न भोज बाटै सबैलाई जिम्मेवारिलाई भोज सकिएपछि सम्मान गरिन्छ ।

भोजलाई मृत्युको उत्सवको रूपमा लिन्छ

भोज खासगरि कृष्णबशिंहरु यादव समुदायमा हुने गरेको छ । खान सक्ने बच्चा देखि लिएर युवा जवान बृद्धहरुको उपस्थिति रहेको सो भोज गर्ने कुनै करकाप नरहेता पनि यादवहरुले चहलपहलका साथ गरेको भोक्राहा नरसिंह ३ का वडा अध्यक्ष सुकदेव यादवले बताए । करिब १ बिघा जग्गामा मानिसहरु अटाउन सक्ने अनुमान गरि पंचभगवानको लागि ठाउँ सफासुघर र पण्डालको ब्यवस्थापन गरेका थिए ।

यादव समुदाय यतिखेर भोजमा अन्दान गरेपछि मृत्यू पश्चात स्वर्ग हुने बिस्वासमा छन । पन्ध्रो हजार मानिसहरुको भिड रहेको सो भोज उत्सवमा प्रहरी प्रशासनको सुरक्षा भने चाहिदैन र चाहिएन पनि कोशी २ का वडा अध्यक्ष हिरालाल यादवले भने । भोज खान आउनेहरुको लागि स्वागत गर्न ठूलै संख्यामा कामदार(बारिकहरु)को व्यबस्था गरिएको थियो । भोजलाई व्यबस्थित गर्न गाडि पार्किगं देखि लिएर पानीको व्यबस्था टेन्टको व्यवस्था र बाहिरबाट आएका मैइन्जन देवानका लागि बस्ने सुत्ने व्यबस्था समेत मिलाइएको थियो ।

यस्ता किसिमका यादव जातीको कुम्भ प्रथम हो, ठुलै मात्रामा अन्दान गरेर खान आउने भोजखाने (पंचभगबानहरु) को भनाइ रहेको थियो । सप्तरी जिल्ला कन्चनरुप नगरपालिकाका बिरेन्द्र यादवले यो अहिले सम्म यस्तो तीन सभाको ठूलो भोज नदेखेको बताए । अब यस्तो हुन्छ कि हुदैन यादव कुम्भ महायज्ञमा सहभागि हुन पाएपछि धन्य र भाग्यमानी भएको भन्दै खुशि व्यक्त गरे ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here