चन्द्रदेव साह
जनकपुरधाम, २२ मंसिर ।

रामजानकी विवाह महोत्सवको साप्ताहिक कार्यक्रम अन्तर्गत शनिवार दोश्रो दिन भब्यताका साथ फुलवारी लिला सम्पन्न गरिएको छ ।
अयोध्यावासी राजकुमार श्रीराम र लक्ष्मण (काल्पनिक रुपमा राम र लक्ष्मण बनेर सजिएका ) र मिथिलाकी राजकुमारी माता सिता ( सांकेतिक रुपमा सिताको रुपमा सजिएका) विच फुलवारीमा विवाहपूर्व हेराहेर (मिलन) भएको स्मरणमा फुलवारी लिला गर्ने चलन रहदै आएको रामजानकी विवाह पञ्चमी महोत्सवका अध्यक्ष समेत रहेका जानकी मंदिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिएका छन ।


जानकी मंदिरको मडवामा आज बेलुका हजारौ श्रद्धालुभक्तजनहरुको उपस्थितीमा राम र लक्ष्मण आफना गुरु विश्वामित्रका आदेशअनुसार फुलवारीमा सुगन्धित फूल र तुलसी टिप्न गएका बेला सितासंगे फुल टिप्ने विवाहपूर्व भेट भएको नाटकिय तरिकाले प्रदर्शन गरिएको छ ।


जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको प्रमुख आतिथ्य तथा जानकी मंदिरका महन्थ रामतपेश्वर दास वैष्णवलगायत सयौ साधुसन्तसहित हजारौके उपस्थितीमा फुलवारी लिला गरिएको छ ।


मडवामा रहेको फुलवारीमा राम, लक्ष्मण फुल टिप्न गएको बेलामा आफना साथीहरुसंग फुल टिपि रहेकी सिता र रामविच भेट भएको घटना फुलवारीमै गएर देखाएको थियो ।


फुलवारी लिलामा हजारौको संख्यामा आन्तरिक तथा बाह्य श्रद्धालुभक्तजनहरुको सहभागिता रहेको थियो ।

फोटो भिडियो ः न्यामिक यादव

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

जवाफ छोड्नुहोस्

कृपया तपाईंको टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्