जनकपुरधाम । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ वटै प्रदेशमा कम्पनी रजिष्ट्रार कार्यालयको शाखा खोल्ने भएको छ।

उद्योगी, व्यवसायीलाई व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्न प्रदेशगत रुपमा शाखा खोल्ने योजना बनाएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए।

सो योजना अनुसार मन्त्रालयले प्रदेश १ र २ मा कार्यालयको शाखा खोलिसकेको छ। त्यहाँ केही कर्मचारी समेत पठाइसकेको प्रवक्ता भट्राईले बताए।

‘प्रदेश १ र २ मा कम्पनी रजिष्ट्रारको कार्यालय सञ्चालनमा आइसकेको छ, सातै प्रदेशमा फैलाउने योजनामा छौँ,’ प्रवक्ता भट्टराईले भने, ‘त्यसका लागि प्रदेशगत मन्त्रीसँग छलफल भइरहेको छ।’

यस अघि नयाँ व्यवसाय वा कम्पनी दर्ता गर्न काठमाडौंमा नै आउनु पर्ने बाध्यता थियो। अब शाखा कार्यालयबाट नै कम्पनी सम्बन्धी काम हुने भट्टराईले बताए।

प्रदेशगत रूपमा कम्पनी रजिष्ट्रारको कार्यालय हुँदा यसबाट व्यवसायी लाभान्वित हुने मन्त्रालयले जनाएको छ।  उनका अनुसार कम्पनी दर्ता, शेयर नामसारी लगायतका अधिकांश काम शाखा कार्यालयबाट हुन्छ। केही महत्वपूर्ण नीतिगत काम भने केन्द्रबाट नै हुने छ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here