जनकपुरधाम, २९ फागुन ।

धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवं प्रमुख सचेतक माननीय उमाशंकर अरगरियाले सामुदायिक भवन शिलान्यास गरेका छन ।

उनले धनुषाको औरही गाउपालिका १ पुरन्दहियामा बुधबार एक समारोहका बिच शिलान्यास गरेका छन् । अरगरियाले ( सांसदिय बजेट ) स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमबाट पुरन्दैहिया टोलमा सामुदायिक भवन निर्माण कार्यको सिलन्यास गरेका छन् ।

उक्त कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल धनुषाको जिल्ला र क्षेत्रीय नेताकार्यकर्ताहरु हविव मन्सुर ,प्रमोद अधिकारी ,सरोज मण्डल , कमदेब मण्डल ,बिकाश यादव ,शंकर साह , राजकिशोर यादव लगायतका नेताहरु को उपस्थितिमा कार्यक्रम भएको छ ।

शिलान्यास गर्दै अरगरियाजीले आफ्नो क्षेत्रका सबै योजनाहरु अब सुरु हुँदैछ र बिकास निर्माण कार्य ठोस र बलियो हुने बताए छन् ।

उनले आफू माटो र वालुवाको योजनाहरु नराखेका कारण बिकास ठोस र तन्दुरुस्त हुने बताए ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

जवाफ छोड्नुहोस्

कृपया तपाईंको टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्