सिड्नी(अष्ट्रेलिया), २४ फागुन ।

अष्ट्रेलिया स्थित मधेशीहरुको संस्था एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया एन्टाले सिड्नीमा मधेशको संस्कृति र पहिचान झल्काउने हरेक पर्व र उत्सवको आयोजना हरेक वर्ष गर्ने गरेको छ ।

गत वर्षको छठको सफल आयोजना पछि एन्टाले ९ मार्चमा गर्न लागेको बहुचर्चित कार्यक्रम युनिक टर्न होलि हंगामाको कार्यक्रम संयोजक समिम अनवरसंग कार्यक्रमको तयारीको बारेमा सिड्नी स्थित जनकपुरटाईम्सका संवाददाता प्रभाकर साहले गरेको संवाद :

एन्टाले आयोजना गर्न लागेको पहिलो ठुलो मञ्च कार्यक्रम युनिक टर्न होली हंगामाको तयारी कस्तो हुदैछ ?

– युनिक टर्न होलि हंगामाको तयारी अन्तिम अवस्थामा पुगेको छ । नेपालका चर्चित कलाकारहरु सिड्नी पुगि सकेका छन् । उहाहरुलाई हामीले सिड्नी विमानस्थलमा भव्य स्वागत गर्याै । कार्यक्रममा तराइ मधेशको पहिचान, संस्कृति र परम्परा झल्काउने प्रस्तुति तय गरिएको छ ।

कतिको नर्भस हुनुहुन्छ ?

– छैन् । कति पनि छैन् । एन्टाद्वारा गर्न लागेको यो पहिलो कार्यक्रम भएपनि मैले पहिले मिस्टर एण्ड मिस नेपाल ओसियाना, नेपाल फेस्टिवल जस्तो ठुलो कार्यक्रमहरुको सफल आयोजना गरिसकेकोले त्यो अनुभवले नर्भस भएको छैन् ।

युनिक टर्न होली हंगामाको आकर्षण के हो ?

– तराई मधेशको गित, संगित, पहिरण, पहिचान, परिकार र संस्कृति झल्काउने एउटै स्थल तथा नेपाल मात्रै होइन विदेशमा पनि चर्चित कलाकारहरुद्वारा एउटै मञ्चमा प्रस्तुति नै होली हंगामाको आकर्षण हो । अष्ट्रेलियामा हुन लागेको यो पहिलो पटक हो ।

कति दर्शकको अपेझा गर्नुभएको छ ?

– खुला ठाउमा कार्यक्रम भएको भए सायद हजारौ उपस्थित हुन्थ्यो होला तर यो इन्डोर कार्यक्रम भएकोले ४५० जनाको सिट लगभग पुरा भएको छ ।

यो कार्यक्रम पछि अष्ट्रेलियामा रहेका नेपालीहरु माझ एन्टाको कस्तो छबि बन्ने अपेक्षा गर्नुभएको छ ?

– सिड्नी स्थित मधेशीहरुको संस्था भएपनि एन्टा मधेशको मात्रै होइन सम्पुर्ण नेपालीहरुकै गौरवमय संस्थाको रुपमा स्थापित हुने तथा अष्ट्रेलियामा रहेको करिब २०० नेपाली संस्थाहरु मध्ये एन्टा सबैको आत्मिय संस्थाको रुपमा परिचित भई अगामी दिनमा अन्य संस्थाहरुसंग सहकार्य गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here