राजपाका युवा नेता प्रशान्त झा

जनकपुरधाम, १० माघ ।

लामो समय देखि राराबमा स्ववियुको निर्वाचन नभएको अवस्थामा निर्वाचनको मिति तय भएको छ । निर्वाचनको मिति तयभएसँगै विभिन्न संघ संगठनका विद्यार्थी नेताहरु जोडतोडका साथ चुनावको तयारीमा छन् । चुनावको तयारीमा राजपा निकट विद्यार्थी नेता प्रशान्त झा पनि चुनावको तयारीमा व्यस्त देखिएका छन् । सोही बिषयमा जनकपुर टाईम्सको लागि झासँग गरिएको कुराकानी प्रस्तुत छ ।

राराबको स्ववियु निर्वाचनमा सभापतिको उम्मेदवारीमा तपाईंको नाम पनि चर्चामा छ, के भन्नुहुन्छ ?

हामी लोकतान्त्रिक दलका विद्यार्थी संगठन भएकाले कुनै व्यक्तिले भनेर उम्मेदवार बन्दैन । हामी साथीहरू बीच छलफल गर्छौं । सामुहिक निर्णय द्वारा मेरो नाम अगाडि सार्नु भयो भने हामी निश्चयनै उम्मेदवारी दिन्छौं र चुनाव पनि जित्छौं ।

राराबका विद्यार्थीले तपाईंलाई भोट् गर्नुपर्ने आधार के ?

वास्तवमा भने हो भने राजपा निकट विद्यार्थीको जन्म उतिबेला भएको हो जतिबेला मधेसी समुदाय बराबरीको अधिकारको लागि लड्दै थिए । हाम्रो जन्म सबै किसिमको विभेद अन्त्य र समस्या समाधानका लागि भएको छ । मलाई लाग्छ राराब विद्यार्थी साथीहरूले पुरा सुझबुझका साथ आफ्ना मतको प्रयोग गर्नेछ । उनीहरूको समस्याको लगि लड्ने को हो पहिचान गरिसकेको छ । मधेसका लागि जीवन समर्पित गरिसकेका युवालाई मौका दिन्छ भने बिश्वास छ।

चुनाव जित्ने सम्भावना कति छ र प्रतिस्पर्धा कुन संगठन सँग हुन्छ ?

हेर्नुस् मान्छेको विगतको मेहनतले भविष्य निर्धारण गर्छन् । राजपा नेपालका विद्यार्थी संगठनको विगतको पृष्ठभुमि उस्तै छ, विद्यार्थीको अधिकारको लागि होस् वा सम्पुर्ण मधेसी समुदायको अधिकार प्राप्तिको लडाइँमा अहम् भुमिका निर्वाह गरेको छ, त्यसैले विगतको हिसाबकिताब हेरेर विद्यार्थी साथीहरू हाम्रो पक्षमा मतदान गर्नेछ र अर्को कुरा चुनावमा प्रतिस्पर्धा अवश्य हुन्छ कलेजमा पनि प्रतिस्पर्धी हुन्छ नै तर जितको सम्भावना बलियो छ ।

कुनै वेला राराब कलेज शिक्षाको केन्द्र बिन्दु रहेको थियो, अहिले राराबको शैक्षिक स्तर निकै कम्जोर देखिएको छ किन ?

हो मधेस आन्दोलनको यता वास्तवमा राराब कलेजमा पढाइको स्तर खस्किएको छ । त्यसमा शिक्षको गैरजिम्मेवारपन र विद्यार्थीको मौनता नै मुख्य कमजोरी देखिएको छ । अभिभावकहरुले विद्यार्थी भर्ना गराए सकेपछि आफ्ना विद्यार्थीले कसरी पढाई गरिरहेको छ त्यसको निगरानी गर्दैन । त्यो पनि एउटा कमजोरी देखिएको छ । राराब कलेज पुनः पहिलेकै अवस्थामा फर्काउन हामीले साझा दायित्व बुझी विशेष पहल गरिनुपर्छ ।

कलेजमा शिक्षकहरूले हाजिरी मात्रै गरेरै जागिर जोगाएका छन्, यस्ता विकृति रोक्न कस्तो उपाय अपनाउनु पर्छ ?

घोडालाई नियन्त्रण गर्न लगामको आवस्यकता पर्छ, त्यस्तै हाजिर गरेर जागिर जोगाउने प्राध्यापकलाई दबाब दिने समुहको आवश्यकता पर्छ । त्यही समुह भएनन् । करिब दस वर्षपछि राराब क्याम्पसमा चुनाव हुन् गइरहेको छ । विद्यार्थीले एउटा नेतृत्व पाउछ । त्यो नेतृत्वले विद्यार्थीको समस्या समाधान हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

अन्त्यमा राराब विद्यार्थी भाइबहिनीहरुलाइ अनुरोध गर्न चाहन्छु । तपाईहरु आउँदो चुनावमा कुशल र सक्षम उमेदवारलाई मतदान गर्नुस् । तपाईंको हरेक समस्याको लागि लड्न तयार रहन्छ । राराब क्याम्पस सुधारका लागि यस चुनावमा राजपाको बिद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ प्यानल सहित बिजय हुन्छ । बिद्यार्थीले हाम्रो संगठनलाई निकै रुचाएका छन् । त्यसै अनुरूप हामी अगाडि बढी रहेकाछौं । हाम्रो जित सुनिश्चित छ ।

Loading...
Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here