राजधानी ‘जनकपुरधाम’, नाम ‘मधेश’ राख्न सुझाव

चन्द्रदेव साह

जनकपुरधाम, ४ माघ । होटेलको बन्द कोठा भित्र प्रदेश २ को नामाकरण र राजधानी विषयमा सुझाव संकलन गरिरहदा हंगामा भएका छन् । जनकपुरधामस्थीत वेलकम होटेलभित्र सुझावका लागी गरिरहेको कार्यक्रममा युवाहरुले हङगामा गरेका छन् ।

प्रदेश २ सरकारले गठन गरेको संवाद तथा सुझाव आयोगले शुक्रबार विहान जनकपुरमा सुझाव संकलनको कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम सुरु भएको केहिबेर नवित्दै युवाहरुले संवाद तथा सुझाव आयोगविरुद्ध नारावाजी गर्दै कार्यक्रम अवरुद्ध पारेका थिए । मधेश अधिकार संघर्ष समितिका सरोज मिश्र, परिवर्तनका लागि युवा अभियानका सुशील कर्णलगायतका युवाले यस्तो सम्वेदनशील विषयमा होटेलको बन्द कोठा भित्र गर्नु उपयुक्त नहुने भन्दै नारावाजी गर्दै कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।

बन्द कोठा भित्र केही राजनितिक दलका प्रतिनिधिहरुलाई मात्रै सहभागी गराएर जनभावना समेट्न नसकिने उनीहरूको तर्क थियो । कार्यक्रममा युवाहरुलाई सहभागी नगराइएकोमा समेत उनीहरुले आपत्ति जनाएका थिए । कार्यक्रममा कतिपय सहभागीले सुझाव संकलनको नाउँमा सरकारले प्रदेशमा द्वन्द्व फैलाउने कार्य गरिरहेको आरोप लगाएका छन् ।

राजधानी ‘जनकपुरधाम’, नाम ‘मधेश’ राख्न सुझाव

हंगामा भएपनि प्रदेश नं. २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्न सुझाव दिएका छन् । प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको बिवाद टुङ्गयाउन नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको नेतृत्वमा गठन गरेको सुझाव संकलन आयोगको कार्यक्रममा प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ र नाम ’मधेश’ हुनुपर्ने सुझाव दिएका हुन् । प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने विवाद यतिखेर चरमोत्कर्षमा रहेको बेला आयोगले शुक्रवार गरेको सुझाव संकलन कार्यक्रममा अधिकांस वक्ताहरुले बिभिन्न आन्दोलनहरुको परिवर्तनलाई संस्थागत गर्न मधेश नाम राख्नुपर्ने सुझाव दिएका थिए । उनीहरुले पहिलो, दोश्रो तथा तेश्रो मधेश आन्दोलनको भावना विपरित तथा आन्दोलनका शहिदहरुको मर्म र भावनालाई समेट्न समेत मधेश नाम राखिनुपर्नेमा जोड दिए ।

प्रदेशको राजधानी तथा नाम सम्बन्धमा सुझाव तथा संकलन कार्यक्रममा नेकपाका सांसद रामचन्द्र मण्डलले सुझाव संकलन आयोगको नाममा प्रदेश सरकारले फजूल खर्चमा फसेको आरोप लगाए । उनले प्रदेशसभाको दुई तिहाई बहुमतबाट प्रदेशको नामाकरण, भाषा तथा राजधानी टुङ्गयाउनुपर्नेमा नामाकरण तथा भाषालाई ल्याएर भाषालाई गौण गर्न लागेको आरोप लगाए । उनले भने, ‘सरकारले प्रदेशको नामाकरण, भाषा तथा राजधानी विधेयक सदनमा लगेर सदनबाट विशेष समिति गठन गरेर सुझाव संकलन गर्नुपथ्र्यो तर यो समिति गठन गरेर सरकारले आफ्नै लागि सुझाव संकलन गरिरहेको छ । एउटै काममा दोहोरो खर्च गरेर पेट पाल्न लागेको छ ।’ प्रदेश सांसद मण्डलले एक वर्ष अघि नै अस्थायी राजधानी तय भईसकेको बेलामा भाषालाई छोडेर सरकारले आफ्नो रोटी सेक्न खोजेको आरोप लगाए ।

मधेशी जनअधिकार फोरम हराएर संघीय समाजवादी फोरम बन्यो, तराई मधेश लोकतान्त्रिकबाट राजपा नेपाल बन्यो, तर आज प्रदेशको नामाकरणमा मधेश कनि चाहियो ? प्रदेश सांसद मण्डलले भने । राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले मधेश आन्दोलनको भावना विपरित प्रदेशको नाम मधेश राखिनुपर्ने बताए । उनले मधेश आन्दोलनको नाममा पटक पटक पहिचानको आन्दोलन भएकोले परिवर्तनलाई संस्थागत गर्न समेत मधेश नाम र राजधानी जनकपुरधाम राखिनुपर्ने बताए । यता जनकपुरधाम उप–महानगरपालिकाकी उपमेयर रिता झा मिश्रले जनताले आफ्नो मत दिएर प्रदेशसभालाई प्रदेशको नामाकरण, भाषा र राजधानी टुङग्याउन मत दिएकोले प्रदेशसभामा यो विषयमा छलफल हुुनुपर्ने बताउँदै स्पष्ट रुपमा नामाकरण बारे केही बोल्न चाहेनन् ।

Loading...
Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here