जनकपुरधाम । धनुषामा पोखरीको नाउँमा अवैध उत्खनन गर्ने टिपर, जेसीबिलाई प्रहरीले नियन्त्रणमा लिई कारवाहीको लागि जिल्ला समन्वय समिति धनुषालाई जिम्मा लगाईएको छ ।

खोला नदी बाहेक निजी जग्गामा पनि उत्खनन गर्न नपाईने जिल्ला समन्वय समितिको निर्णय उलंघन गरी अवैध उत्खनन गर्ने २ वटा टिपर र १ वटा जेसीबि प्रहरीले नियन्त्रणमा लिएर समन्वय समितिलाई जिम्मा लगाएको छ ।

प्रहरीले बिहिवार जिल्लाको गणेशमान चारनाथ नगरपालिका २ गौरीपुरबाट निजी जग्गामा पोखरी खनिरहेको नाउँमा उत्खनन गरिरहेको ना८ख७२१३, ना१क८१३६ नम्बरको टिपर र ज१क ४८८ नम्बरको जेसीबी सहित चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गत माघ २५ गते मिथिला नगरपालिकामा अवैध उत्खनन गरिरहँदा रोक्न जाँदा टिपर किचेर दिलीप यादवको हत्यापछि बालुवा, गिट्टी उत्खननमा रोक लगाएपनि उत्खनन गर्ने टिपर र जेसीबिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जनाएको छ ।

उत्खनन गर्ने टिपर र जेसीबिको चालकलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला समन्वय समितिलाई जिम्मा लगाएपनि उनीहरुलाई जिल्ला समन्वय समिति धनुषाले फेरी हाजिर हुने सर्तमा छोडेको समितिका उपसभापति दीपक झाले जानकारी दिए । उपसभापति झाका अनुसार नियन्त्रणमा लिईएको उनीहरुलाई सभापतिसहितको बैठकले गरेको निर्णयानुसार कारवाही हुने जनाएका छन् ।

प्रहरीका अनुसार अवैध उत्खनन गर्ने ना८ख७२१३ का चालक रधुविर राय, ना१क ८१३६ नम्बरको टिपर र ज१क४८८ नम्बरको जेसीबिसहित चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिईएको थियो ।

अवैध उत्खनन गर्ने टिपर र जेसीबि ऊ सत्य साई निर्माण सेवा जनकपुर ४ का ठेकेदार बृंजय सिंहको रहेको ईलाका प्रहरी कार्यालय बिरेन्द्र बजारले जनाएको छ ।

यता ठेकेदार सिंहले आफु जग्गा धनीसँग र नगरपालिकाको नगर प्रमुखसँग अनुमति लिएर उत्खनन गरिरहेको प्रहरीलाई बताईरहेको छ ।

जवाफ छोड्नुहोस्

कृपया तपाईंको टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्