बाङ्लादेश (ढाका) । फेब्ररुअरी १४ तारिख अर्थात प्रणय दिवस । विश्वभर आफन्त परिवार, साथीभाइलाई उपहार, गुलावको फूल दिई एक आपसमा प्रेम साटासाट गरी यो दिवस मनाईंदैछ । विशेषगरी प्रणय दिवसको दिनलाई प्रेम अभिव्यक्त गर्ने दिनका रुपमा प्रेमी प्रेमीका तथा श्रीमान श्रीमतीहरुले यसलाई चाडकै रुपमा लिन्छन् । यो दिन अभिव्यक्त गरिएको प्रेम सफल हुन्छ भन्ने विश्वास रहि आएको छ । प्रणय दिवस पश्चिमा संस्कृति भएपनि केहि वर्ष यता बाङ्लादेश, भारत, नेपालमा पनि यो दिवसप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको छ ।

माया प्रेमलाई आत्मिय सम्बन्ध मानिए पनि पछिल्ला समयमा यो दिवस विकृतितर्फ उन्मूख भईरहेकोछ । यस्ता विकृतिलाई रोक्न बाङ्लादेशका ढाका स्थित शेरे बाङ्ला कृषि विश्वविद्यालय(शेकृवि)का छात्रहरुले सिंगल–सिंगल भाइ–भाईका नारा र जुलुस सहित भ्यालेन्टाईन डे आर्थात प्रणय दिवसलाई रिजेक्ट गरेका छन् ।

प्रेममा धोका खाएकाहरु प्रति संवेदना सहित आउने दिनमा अरु कसैले धोका नखाओस् भन्ने जनचेतना सहित कार्यक्रम सप्पन्न गरेका छन् ।

शेकृवि सिंगल स्क्वाड कमिटीको अगुवाईमा भएको उक्त कार्यक्रममा विश्वविद्यालयमा अध्यनरत्त करिव पाँच सय छात्र ञसिंगल–सिंगल भाइ, भालो भाशा चोलबेना–चोलबेनाझका नारा सहित विश्वविद्यालयको परिक्रमा गरि कोण सभा मार्फत कार्यक्रम सम्पन्न गरेका थिए ।

आजभोलीका युवायुवातीको प्रेम रुप, रंग र शारिरीक बनावटलाई प्राथामिकता दिएर लगाईन्छ । त्यतीमात्र होईन पारिवारीक उच्च पृष्ठभुमी र धन सम्पतीसंग प्रेम गर्नेको प्रशस्त उदाहरण पनि देख्न सकिन्छ । यसरी आफ्नो स्वार्थ पुरा गर्न गरेको नक्कली प्रेममा आफ्नो स्वार्थ पुरा भएपछि अप्ठ्यारोमा पर्नसक्ने प्रतिकुल अबस्था आएपछि उनीहरु त्यो सम्बन्धलाई तोड्न खोज्छ तर अर्को पक्ष (साँचो प्रेम गर्ने) तत्पर नभएपछि हत्या जस्तो जघन्य अपराध गर्न पनि पछि पर्दैन स्वार्थी प्रेम गर्नेहरु । कयौंले यस्तै नक्कली प्रेममा धोका खाएर आफ्नो सर्वस्व गुमेको ठानी विकल्पको बाटो नभेटेपछि आत्महत्याको बाटो रोज्न समेत बाध्य भएका छन । जसकारण हत्या र आत्महत्याको क्रम बढेको छ ।

यस्ताबाट सम्पूर्ण युवालाई सजग रहेर बस्नु पर्ने भन्दै कोण सभालाई सम्बोधन गर्दै शेकृवि सिंगल स्क्वाड कमिटीका अध्यक्ष रतन चन्द्र हल्दारले आफ्नो मन्तव्य सहित कार्यक्रम सम्पन्न गरेका थिए ।

जवाफ छोड्नुहोस्

कृपया तपाईंको टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्