जनकपुरधाम । जनकपुरमा हतियारसहित समातिएका धनुषा क्षीरेश्वरनाथ नगरपालिका १ का जितेन्द्र कुमार यादवलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

गत माघ ४ गते जनकपुरधाम उपमहानगरपालिका १ भानुचोकबाट यादवले चलाई रहेको बा.१४च.७४५९ नम्बरको कारबाट अटोमेटिक पेस्तोल र ७ राउण्ड गोली बरामद भएपछि पक्राउ गरिएको उनलाई जेल चलान छ ।

यादव उपर खर खजाना मुद्दा दर्ता भई अनुसन्धान पश्चात अदालतमा पेश भएकोमा उनलाई पुर्पक्षका लागि सिन्धुली करागार पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यसैगरी शहिदनगर नगरपालिकाका विन्देशवर महलोलाई जवरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षको लागि करागार पठाईएको छ । जनकपुर उपमहानगरपालिका १ स्थित राम सागर साहको मिल पछाडीको खाली चउरमा एक महिलालाई जवरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षको लागी सिन्धुली कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै धनुषा मिथिला विहारी नगरपालिका २ पुरन्दाहा बस्ने वर्ष २७ को अकलेश कुमार यादवलाई पनि पुर्पक्षका लागि करागार चलान गरिएको छ ।

यादवलाई मिथिला विहारी नगरपालिका २ मिथिलेश्वर चौकबाट वर्ष १३ कि केटिलाई अपहरण गरी लगि काठमाडौं, सिन्धुली, दोलखामा राखी जवरजस्ति करणी गरेको मुद्दामा पुर्पक्षको लागि सिन्धुली कारागार जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जनाएको छ ।

त्यसैबीच जनकनन्दनी गाउँपालिका ५ बस्ने दिपेश कुमार महतो, प्रदिप कुमा सिंह र प्रमोद कुमार महतोलाई समेत पूर्पक्षका लागि करागार चलान गरिएको छ । उनीहरुको साथबाट अटोमेटिक पेस्टोल १ मोबाइल १ समेत बरामद भएको मुघामा सिन्धुली करागार चलान गरिएको प्रहरी नायव उपरिक्षक कार्कीले जनाएको छ ।

जवाफ छोड्नुहोस्

कृपया तपाईंको टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्