जनकपुरधाम । अदालतबाट फैसलापछी विगत ७ बर्षदेखि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनकपुरधाम उपमहानगरपालिका ९ स्थित सडकबाट अनिश कुमार यादवलाई अपहरण गरेको मुद्धामा फरार क्षीरेश्वरनाथ नगरपालिका ४ कुम्हरौलका हरि साहलाई पक्राउ गरेको छ ।

साहले बालक अनिश कुमार यादवलाई कब्जामा लिई शरिर बन्धक बनाई राखेकोमा प्रहरीले अपहरणमुक्त गरेको थियो ।

प्रहरीले साहलाइ बिहिबार कोभर्ट अपरेसनको माध्यमबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि अदालतमा बुझाएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पप्पु नायकले जनाएका छन् ।

जवाफ छोड्नुहोस्

कृपया तपाईंको टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्