जनकपुरधाम, १८ पुस ।
सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश नं २ को सप्तरीमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थानार्थ मन्त्री परिषद्मा प्रस्ताव पेश गरेको थियो ।

प्रतिष्ठान स्थापना चिकित्सा शास्त्र अध्ययन गर्न चाहनेका लागि अवसर र प्रदेश नं १ र २ का बिरामीहरुले उपचार सुविधा प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रशासन मन्त्रीपरिषद्को निर्णयका बारेमा जानकारी दिँदै जारी गरेको प्रेस विज्ञेप्तीमा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापनासँगै स्थानीय तहमा सुलभ र आफ्नै गाउँमा स्वास्थ्य सेवा सविधाका साथै रोजगारीका अवसर प्राप्त हुने बताइएको छ ।

‘विकासको दृष्टिकोणमा पछि परेको सप्तरी जिल्ला प्रतिष्ठान स्थापनासँगै बिकासमा फड्को मार्न सघाउ पुग्ने, र नेपालका १ र २ न प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतका जनताले पनि सेवा प्राप्त गर्न सक्नेछन्,’ विज्ञप्तीमा उल्लेख छ ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here