जनकपुरधाम । दक्षिण एसियाली खेलकुद अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ। जनकपुरमा शनिवार भएको महिला ५५ किलो खेलमा संगीता धामीले स्वर्ण जितेकी छिन्।  यसअघिका सागमा नेपालले कुस्तीमा स्वर्ण जितेको थिएन।

बंगलादेशी खेलाडी सारकेर रिमलाई ४-१ ले पराजित गर्दै उनले स्वर्ण जितेकी हुन्।

शुक्रवार भएको खेलमा नेपालले एउटा रजत र तीन वटा कास्य पदक जितेको थियो। कुस्तीमा नेपालले कम्तीमा तीनवटा स्वर्ण जित्ने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here