जनकपुरधाम । धनुषाबाट एकजना ट्राफिक प्रहरी घुससहित रंगेहात पक्राउ परेका छन्।

जिलाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक नविनकुमार झालाई घुससहित रंगेहात पक्राउ गरेको हो।

ट्रिपर चालकसँग एक हजार घुस लिइरहेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट पुगेको टोलीले झालाई नियन्त्रणमा लिएको हो। ढुंगा तथा गिट्टी ढुवानीमा सहज गरिदिने भन्दै सई झाले ट्रिपर चालकसँग रुपैयाँ लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ।

ट्रिपर चालकसंग पटक–पटक पैसा माग्ने गरेपछि झाविरुद्ध अख्तियारको कार्यालयमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा अख्तियारको टोलीले अनुगमनगर्दा उनी घुससहित पक्राउ परेका हुन्। झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here