आश्रमका संचालकलाई नगद सहयोग गर्दै इन्सेक धनुषा प्रतिनिधी, धनुषाका प्रमुख जिल्ला अधिकारी, इन्सेक प्रदेश २ संयोजक, समाजसेवी वैद्यनाथ साह

जनकपुरधाम । जनकपुरस्थित सद्गुरु कविर बाल आश्रममा इन्सेक धनुषा प्रतिनिधीको पहलमा आर्थिक सहयोग गरिएको छ । मङ्सिर १६ गते आश्रमका संचालक प्रोफेसर सन्त सत्यनारायण आलोकलाई इन्सेक प्रतिनिधीको पहलमा चौध हजार रुपैया, फलफूल र मानवअधिकारसम्बन्धी पुस्तक प्रदान गरिएको छ ।

बैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत महोत्तरी बर्दिवास नगरपालिकाका एक युवाले इन्सेक धनुषा प्रतिनिधी दिपेन्द्रप्रसाद सिंहलाई आश्रममा रहेका १३ जना बालबालिकाहरुको सरंक्षणका लागि पठाएको चौध हजार रुपैयालगायतको सामाग्री आश्रमका सचालकलाई प्रदान गरेको हो ।

आश्रमबारे छलफल गर्दै इन्सेक प्रदेश २ संयोजक राजु पासवान

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, समाजसेवी बैद्यनाथ साह, महोत्तरी इन्सेक प्रतिनिधी अजय साह, रेडियो नेपालका प्रदेश २ का प्रमुख संवाददाता अजय झालगायतको समाजसेवीहरुको उपस्थितीमा आर्थिक सहयोग गरिएको हो ।

सहयोग कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बैदेशिक रोजगारीको क्रममा कतारमा रहेका युवा दिनेश शर्माले पठाएको चौध हजार रुपैयाले आश्रमलाई ठुलो साथ र सहयोग भएको भन्दै आफनो कडा मेहनत र परिश्रम गरि आश्रमलाई सहयोग गराउन सफल भएकोमा इन्सेक धनुषा प्रतिनिधी र दातालाई धन्यवाद दिनुभएको छ ।

आश्रमको निमार्णाधिन अवस्था रहेको भवन आर्थिक अभावमा अलपत्र रहेकोबारेमा बुझदै इन्सेक प्रदेश २ संयोजकलगायतको पत्रकारहरु

आश्रमका संचालक प्रोफेसर सन्त सत्यनारायण आलोकले धनले कमजोर भएपनि समाजिक मनले धनी हुने आत्मका युवा दिनेश शर्मा खाडी मुलुकबाट आश्रमलाई सहयोग गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । आश्रममा सहयोग गराउनको लागि पहल गर्नुहुने इन्सेक धनुषा प्रतिनिधीलाई समेत संचालक आलोकले धन्यवाद ज्ञापन गरेका छन् ।

आश्रममा अहिले १३ जना बालवालिकाहरु रहेका छन् । विभिन्न स्थानमा जन्मनेवितिकै फालिएका बालबालिकाहरुलाई आश्रममा ल्याएर संचालक सन्त सत्यनारायण आलोक र माता मिरा आलोकले पालनपोषण गर्दै आउनुभएको छ ।

आश्रमको आफनै स्थायी आम्दानीको श्रोत नभएकाले दाताहरुकै सहयोगको भरमा संचालन हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here