जनकपुरधाम । त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा आज धुमधामका विवाह पञ्चमी महोत्सव मनाईदै छ ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मिथिला नगरीमा विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको हो ।

महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आएका छन् । मिथिलाको विधिविधान अनुसार हुने रामजानकी विवाह महोत्सवको अवलोकन गर्न प्रत्येक वर्ष लाखौको संख्यामा तीर्थालुहरु जनकपुर आउने गर्दछन् । रामजानकीको डोला हेर्न बाह्रविघा मैदानमा श्रद्धालुहरुको घुईचो लाग्ने गर्दछ ।

त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वंम्बर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन हाल पनि कायमै रहेको छ । आज दिउँसो साधुशन्तको अगुवाईमा झाकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर ऐतिहासिक रंगभूमि मैदानमा बाह्र विघा पुग्ने छ । दुवै डोला बाह्र विघामा पुगेपछि मिलन भई मालाफेर गर्दै रामसीताको स्वयमम्बर कार्यक्रम गरिन्छ ।

तत्पश्चात रामजानकीको डोलासहित नगर परिक्रमा गर्दै जानकी मन्दिरमा साँझ प्रवेश गरेपछि राति रामजानकीको विवाहको कार्यक्रम हुने गर्दछ । डोला राम मन्दि र जानकी मन्दिरबाट निस्केपछि डोला हेर्न श्रद्धालुहरुको भीड लाग्ने गर्छ । बैबाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भग्वान रामका बुबा अर्थात राजादशरथका रुपमा भूमिकामा छन् हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छोरी पक्षको नेर्तत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन् ।

सप्ताह व्यापी रुपमा मनाईने रामजानकी विहपञ्चमी महोत्सव , धनुषा यज्ञ , तिल्कोत्सव, मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भईसकेको छ । त्यस्तै आज रामाजानकीको विवाह पश्चात शुक्रवा रामकलेवा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने गरेको छ ।

विवाहपञ्चमी महोत्सवमा आएका श्रद्धालुहरु विभिन्न स्थानहरुमा आयोजन भएको संस्कृतिक कार्यक्रममा सहभागि हुँदै रमाउने गर्दछन् । मिथिलाको लोप हुन लागेको कलासंंस्कृतिहरुको झझल्को दिने जस्ता सांस्कृतिक कार्यक्रमहरुमा हेर्न पाईन्छ । यसमा बालबालिकाहरुलाई ,राम, सीता, लक्ष्मण बनाई नाटक प्रदर्शन, झाकी ,नाचागान,भजनकिर्तन र भग्वानको रुपमा पूजाआजा समेत गन्छि । यसले श्रद्धालुहरुलाई निकै उत्साहित बनाउने गर्दछन् ।

त्यस्ततै रामजानकी विवाह महोत्सवमा सहभागी हुने भीभीआईपी तथा श्रद्धालुको सुरक्षाका लागि पाँचजना एसपी र १३ जना डीएसपीको कमाण्डमा चार हजार सुरक्षाकर्मी परिचालन गरिरहेको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए ।

महोत्सवमा भारतबाट जन्तीको रुपमा हिन्दु परिषद्का पदाधिकारी तथा अन्य भिआइपीहरु समेत आएको हुँदा सीमा क्षेत्रमा दुवै मुलुकका सुरक्षाकर्मी तैनाथ गरिएको छ । विष्फोटक पदार्थ नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली भारतीय सीमा क्षेत्रमा परिचालन गरेको एसपी खनालले जानकारी दिए ।

जनकपुरधाममा मेलाको रुपमा जम्मा हुने हजारौको भिडमा चोरी तथा लुटपाट हुन सक्ने घटना नियन्त्रणका लागि पनि जिल्ला प्रहरी कार्यालयले प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लागेको छ ।

यसका लागि विभिन्न चोक तथा सार्वजनिक स्थानमा एक सय थान सिसिटिभी क्यामेरा जडान गरिएको छ । यस बाहेक १२ वटा समूह बनाएर सादा पोशाकको सुरक्षाकर्मी पनि परिचालन गरिएको उनले जानकारी दिए ।

त्यस्तै सामाजिक संंघसंस्थाहरुले मेलामा आउने लाखौ तिर्थालुको सेवाका लागि विभिन्न ठाउँहरु शिविर तथा बासको व्यवस्था गरी तिर्थालुहरुलाई स्वागत गर्न जुटेकाछन् । स्थानीय क्लबहरुले निःशुल्क उपचार ,आवस , निःशुल्क भोजन, तथा मेलामा अलपत्र परेकाहरुलाई खोजविन गरेर गन्तव्यसम्म पुर्याउने काम पनि सामाजिक संघसंस्थाहरुले गर्ने गर्दछन् ।

यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ । यस अवसरमा आज प्रदेश नं २ सरकारले प्रदेशका आठ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here