रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेसका दिपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।

नेकपालाई पराजित गर्दै  श्रेष्ठले ७७१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवारले ५९६ मत प्राप्त गरेका छन् ।

यसैगरी समाजवादी पार्टीले १२२, राजपाले १६ र जनमत पार्टीले १२ मत पाएको छ । नेकपा उम्मेद्वार जवार मियाले हार स्वीकार गर्दै  विजयी श्रेष्ठलाई बधाई समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here