जनकपुरधाम । सप्ताहव्यापी रुपमा मनाइने राम जानकी विवाहपञ्चमी अन्तर्गत आईतबार हुने बैवाहिक कार्यक्रमको अवसरमा जानकी मन्दिरलाई बेहुलीझै सिँगारिएको छ ।

त्रेतायुगमा मर्यादा पुरुष भगवान राम र आदर्श नारी सीताबीच भएको विवाहको स्मरणमा मिथिला क्षेत्रमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवा महोत्सको रुपमा मनाउने गर्दछन् ।

महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आएका छन् । सप्ताह व्यापी रुपमा मनाईने पहिलो दिन जनकपुरधाम नगर दर्शन, दोश्रो दिन फूलबारी लिला, तेश्रो धनुष यज्ञ, चौथोदिन तिलकोत्सव, पाँचौदिन मटकोर सम्पन्न भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here