जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आज ह्याप्पी फैमली टिम काठमाण्डौंको सहयोगमा १ सय ५० गरिब, विपन्न परिवारलाई ब्लान्केट वितरण गरिएको छ।

तराईका लागि हाम्रो न्यानो अभियान भन्ने मुल नाराका साथ क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ का पकडियाको विपन्न गरिब परिवारलाई ब्लान्केट वितरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य अजयकुमार साह र स्थानीय युवा शशी भुषण गुप्ताले समन्वय गरेर वितरण गरिएको उक्त ब्लान्केट पाएका परिवारहरु यस पटकको जाडो काट्न सजिलो हुने भनेर खुशी व्यक्त गरेका थिए ।

ब्लान्केट वितरण कार्यक्रमको अवसरमा क्षीनपा वडा नं. ३ वडा अध्यक्ष अमर किशोर सिंहले ह्याप्पी फैमली टिमका अध्यक्ष प्रतिभा खडका, पत्रकार अजयकुमार साह, शशी भुषण गुप्ता, सर्वश्री अधिकारी, मीरा केसी, सगुन थापा, नपाका प्रमुख प्रशासकीय अधिकृत उमेशलाल कर्ण, लेखापाल विक्रम साहलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

ह्याप्पी फैमली टिमका अध्यक्ष प्रतिभा खडकाको अध्यक्षतामा सम्पन्न उक्त ब्लान्केट वितरण कार्यक्रममा क्षीनपा वडा नं. ३ वडा अध्यक्ष अमर किशोर सिंह, नियमित प्रमुख प्रशासकीय अधिकृत उमेशलाल कर्ण, वडा सदस्यहरु खुरसेद राईन, अहमद हुसेन, इन्दिरा गीरि, शीवसती सदा, नगर कार्यपालिका सदस्य विरेन्द्र सिंह लगायतका उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here