८ दिन अघि काकीलाई भेटन आएको बेला खिचेको फोटो

जनकपुरधाम । धनुषाको मिथिलाविहारी नपा वडा नं. ३ स्थित २२ वर्षीय कुसुम कुमारी मण्डललाई आफनै श्रीमान २५ वर्षीय प्रकाश मण्डलले कुटपिट गरि हत्या गरेको छ ।

शुक्रवार राति खाना खाएर सुत्ने बेलामा करिव ११ बजेतिर घरायसी विवाद हुँदा कुटपिट गर्दा कुसुम कुमारी मण्डलको मृत्यु भएको माइतीपक्षले दावि गरेको छ । छोरीलाई कुटपिट गरि हत्या गरेको मृतक कुसुम कुमारी मण्डलकी वुवा जिवछ मण्डलले दावि गर्दै घटनाबारे आफुहरुलाई नातेदारले विहान खवर गरेपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा आउँदा छोरीको लास पोस्र्टमार्टम वाडमा राखेको पाएको बताए ।

छोरीको विवाह गर्दा आफुले सवै रकम साहु महाजनबाट ऋण लिएको र मोटरसाइकल समेत एजेन्सीबाट १ लाख उधारोमा खरिद गरेकाले तत्कालै ज्वाइँको नाममा नामसारी गर्न नसकेकाले ज्वाँइले मोटरसाइकल नामसारी गराउन भन्दै छोरीलाई पटक पटक यातना दिदै आएको बताए । उनले भने आफुले जसोतसो एक महिना पहिले एजेन्सीको बाँकी रकम तिरेको र केही ब्याज वापतको रकम मात्रै बाँकी भएकाले माघ महिनामा तिरेर ज्वाइँको नाममा मोटरसाइकल नामसारी गराउने योजनामा भएकै बेला मोटरसाइकलकै नामसारीको निहुँमा छोरीलाई कुटपिट गरि हत्या गरेको उनले दावि गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा धनुषा अगाडी छोरी हत्याको शोकमा डुवेकी आमा शेलो देवी

यता, मृतक कुसुम कुमारी मण्डलको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । प्रहरीले मृतक मण्डलको पति प्रकाश मण्डल र ससुरा रामचन्द्र मण्डललाई गिरफतार गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा उनको पति र ससुरालाई प्रहरीले गिरफतार गरेको धनुषाका डिएसपी रामेश्वर कार्कीले बताएका छन् ।

काकीसंग ८ दिन अगाडी धनुषाको परसुराम तलाउमा भेटेको बेला पति पत्नीले खिचेको फोटो

२०७५ साल बैशाख २८ गते सिरहाको गोलबजार नपा वडा नं. ८ चोहर्वा भाइजी टोलका जिवछ मण्डलको २२ वर्षीय छोरी कुसुम कुमारी मण्डल र धनुषाका मिथिला विहारी नपा ३ बजारचोक बस्ने रामचन्द्र मण्डलका २५ वर्षीय प्रकाश मण्डलविच हिन्दु परम्पराअनुसार मागी विवाह भएको थियो ।


विवाहमा माइती पक्षले नगद १ लाख ५० हजार,२ तोला सुन, १५ तोला चाँदी, फर्निचर र अपाचे मोटरसाइकल दहेजमा दिएर करिव १५ लाख खर्चेर विवाह गरेको मृतक कुसुमकी आमा शेलो देवी मण्डलले बताइन् ।

जिल्ला प्रहरी कार्यालयमा जानकारीको लागि माइतीपक्षका महिलाहरु


जिल्ला प्रहरी कार्यालय धनुषाको प्राङ्खणमा शनिवार साढे ११ बजे भेटेकी मृतककी काकी पुनम देवीका अनुसार करिव ८ दिन अगाडी धनुषाको मिथिलाविहारीस्थित परसुराम तलाउमा भतिजी, ज्वाँइ र उनको सासुलाई भेटेर भलाकुसारी गरेको बताइन् । काकी पुनम कुमारी मण्डलले भनिन् भेटेको वेलामा भतिजी सासुसहित आएकी थिइन्, कुराकानी सामान्य रुपमा भएपनि उनको अनुहारमा निकै बेचैनी देखिएको बताइन् । भेटेको समयमा सासुले तिम्रो भतिजी मात्रै घरमा अरु बुहारीभन्दा कमजोर र काली भएकी बताएकी पुनम कुमारीले बताइन् । उनले भनिन् भेटको समयमा आउने माघ महिनामा माइतीमा आउने वाचा समेत गरेकी तर उनी सदाको लागि हामीलाई छोडेर गएको बताउँदै आँखाबाट आँसु झार्दै भनिन् अव मलाई काकी भनेर कसले बोलाउँछिन् । निर्दयीले ज्वाइँले भतिजी कुटपिट गर्दै मारेको भन्दै उनलाई पक्राउ गरि कारवाहीको लागि प्रहरीमा उजुरी गर्न आएको बताइन् ।

3 COMMENTS

  1. पिडित पक्षलाई न्याय र दोसी पक्षलाई कडा भन्दा कडा सजाय हुनु पर्छ ।

    जब सम्म दहेजका यी ल‍ोभीहरु माथि कुनै किसीमको एक्सन लिईदैन् तब सम्म यस्ता दहेजका लोभीहरुको मन बढेकै हुन्छ।
    मेरो बिचारमा (दहेज लिनु र दिनु दुबैै जगन्य अपराध हो)
    !! सबैमा चेतना भयां !!

जवाफ छोड्नुहोस्

कृपया तपाईंको टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्