जनकपुरधाम । झाडापखालाबाट बालमृत्युदर प्रदेश २ मा बढी एक प्रतिवेदनले देखाएको छ । नेपालको स्वास्थ्य क्षेत्रमा सन् १९७८ देखि नेपाल सरकार र यु.एस.ए.आई.डि.संगको सहकार्यमा विभिन्न स्वास्थ्य सेवा दिदै आएको नेपाल सि.आर.एस कम्पनीले प्रस्तुत गरेको कार्यपत्रमा नेपाल डेमोग्राफिक्स हेल्थ अनुसन्धान २०१६ अनुसार नेपालमा झाडापखालाको प्रकोपको स्थिती ८.६ प्रतिशत रहेकोमा प्रदेश २ को आठ जिल्लाको तथ्याङ्ख हेर्दा ९ प्रतिशत रहेको छ । तर प्रदेश २ मा जिङ्क चक्किको प्रयोग अन्य प्रदेशको तुलनामा ३.३ प्रतिशत मात्रै रहेको कम्पनीले जनाएको छ ।

झाडापखाला लाग्दा न्युनिकरणका लागि पुनर्जलीय झोल (नव जिवन)को साथमा जिङ्क चक्किको प्रयोग गरेमा बालबच्चाहरुको शरिरको शक्तिमा ह्रास हुनबाट जोगाउने कम्पनीका कार्यक्रम संयोजक राजेश भगतले जनाएको छ । प्रदेश २ मा झाडापखालाको प्रकोप स्थिती उच्च देखिएकाले गर्दा जनकपुरमा आइतवार एक कार्यक्रमविच पुर्नजलिय झोल (नव जिवन) का जिङ्क चक्किको सहितको नव जिवन प्लस प्रोडक्टको शुभारम्भ गरेको छ । नेपाल सि. आर. एस. कम्पनीका संचालक समिती सदस्य हिमालय कस्जुको अध्यक्षता तथा जिल्ला समन्वय समिती धनुषाका सभापति रामदेव वनरैत यादव र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायतका अतिथीहरुले सार्वजानिक गरेका छन् ।

नव जिवन प्लस प्रोडक्टको शुभारम्भ गर्दै जिल्ला समन्वय समितीका सभापति रामदेव वनरैत यादवले पोषिलो र झोलयुक्त नव जिवनको प्रयोगसंगै जिङ्क चक्किको सेवनले गर्दा बालमृत्यु दरलाई घटाउँदै लगेकाले गर्दा झाडापखालाका विरामीलाई अनिवार्य रुपमा जिङ्क चक्किको प्रयोग गर्न र गराउन सल्लाह दिएका छन् । उनले भने हामीले पनि वर्षौदेखि नेपाल सि.आर.एस.कम्पनीले बजारमा ल्याइएको विभिन्न स्वास्थ्यसम्बन्धिका सेवाहरुले आमजनमानसमा आफनो छुटटै पहिचान बनाएकाले गर्दा यस कम्पनीको सेवाप्रति हामी सवै विश्वस्त रहेको बताएका थिए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले झाडापखालाका विरामीहरुलाई नव जिवन पुर्नजलिय झोलसंगै जिङ्क चक्किको प्रयोगबारे आम जनमानसमा व्यापक जनचेतना अभिवृद्धि हुनुपर्नेमा जोड दिएका थिए । उनले भने औषधी पसलका संचालक र विक्रेताहरुले समेत नव जिवनसंगै जिङ्क चक्किको प्रयोगको सल्लाह सुझाव दिएको खण्डमा झाडापखालाको उच्च जोखिम भएको प्रदेश २ मा बालमृत्युदर कम हुन सक्ने बताएका छन् । मेयर साहले जनकपुरका युवाहरु अहिले ड्रग्स सेवन, कुलतमा फसि रहेकाले गर्दा औषधी व्यवसायीहरुलाई समेत ड्रग्सको रुपमा प्रयोग हुने औषधीहरु जथाभावी रुपमा विक्री वितरण नगर्न, नगराउन आग्रह गरेका थिए । उनले भने हामीले बोर्डको पहिलो बैठकबाटै जनकपुरधामलाई सुर्तिजन्य सेवनबाट जोगाउन यसको प्रयोगमा निषेध गरिने निर्णय नै गराइ सकेको बताएका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव भरतमणि सुवेदीले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि संघिय सरकार, विभिन्न सामाजिका संघसंस्थाको समन्वयमा कामको थालनी गरेको बताएका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव महेन्द्र महतो, पत्रकार, औषधी व्यवसायीलगायतको उपस्थिती रहेको नेपाल सि.आर.एस.कम्पनीका नायव प्रवन्ध निर्देशक महेश ढुगेलले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here