समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २२ पुस ।
जनकपुरधाममा ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीको टोलीले जनकपुर उपमहानगरपालिका–११ स्थित किशोरीनगरमा ८३ लाख ५७ हजार रुपैयाँसहित ४ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।

किशोरीनगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख हरि पालले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा भारत मधुवनी बासोपट्टका सन्तोष महतो र नरेश महतो तथा जनकपुर उपमहानगरपालिका १९ का विजय यादव र सोही उपमहानगरपालिका वडा नं. २ का मोख्तार महमद रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंकको ३० थान चेक, बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिसाव खाताका साथै ६ थान मोबाइल समेत बरामद गरेको छ ।
उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here