समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
सिरहा, २३ पुस ।
सिरहामा ५० हजार रुपैयाँ लुटेर भाग्दै गरेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी राजबिराज नगरपालिका ३ की २८ वर्षीया महिला फुलकुमारी दुसाद रहेको सिरहा प्रहरीले जनाएको छ । सिरहा विष्णुपुर गाउँपालिका १ से ५० हजार रुपैयाँ लुटेर भाग्दै गरेकी फुलकुमारीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सिरहा नरहा गाउँपालिका ३ माईतीघरमे रहैत आएल धनुषा घर भएकी २५ वर्षीया अन्जुदेवी यादवले आईएमईबाट उक्त नगद निकाली गाडी चढेर माईत जाँदै गरेको अवस्थामा रकम लुटिएको थियो ।
रकम लुटेर भाग्दै गरेको फुलकुमारीलाई इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले नगद सहित पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।