समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । जनकपुरधामस्थित मोनाष्टिक आ.मा.विद्यालयले आफ्नो ३४ औँ वार्षिकोत्सवको उपलक्ष्यमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, धनुषाको संयोजकत्वमा विहान ९:०० बजेबाट जनकचोकको खुला प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ५ महिला र ४० पुरुष गरि ४५ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उ.म.न.पा.का नगर प्रमुख लालकिशोर साहले रक्तदान जीवनदान भएकाले यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। उनले विद्यालयले शैक्षिक उत्थानका साथै सामाजिक सेवाका क्षेत्रमा काम गरेको भन्दै उहाँले विद्यालयको प्रशंसासमेत गरे ।

विद्यालयका मेनेजिङ डायरेक्ट डा.सोनु कुमारले मोनाष्टिक विद्यालयले शिक्षालगायत स्वास्थ्य र सामाजिक भावनामा अघि बढ्दै कार्य गरिरहेको बताए ।

विद्यालय संस्थापिका वीणा देवी साहले मोनाष्टिक विद्यालयले दशकौँदेखि यस्ता कार्यक्रमहरू गर्दै आएको र आगामी दिनहरूमा समेत विद्यालयले शिक्षा,स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने कुरा बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here