समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिको मेयर उदय बरबरिया यादवले शितलहर पिडितलाई कम्वल वितरण अभियान जारी राखेको छ ।

तराईमा अत्यधिक चिसोले पिडित हुनुभएका नगरका २ हजार भन्दा बढी परिवारलाई मेयर उदय कुमार वरबरियाले नगर र विभिन्न सामाजिक संघ संस्थाहरुसंग समन्वय गर्दै कम्वल वितरण गर्दै आएको छ ।

कम्वल वितरण कार्यक्रमलाई निरन्तरता दिदै मेयर बरवरियाले बुधवार धनुषाको निकै विकट मानिने हथमुन्डामा पुगेर १ सय २० जनालाई कम्वल वितरण गरेको छ । शितलहरबाट प्रभावित हुनुभएका बृद्ध, ज्येष्ठ नागरिक, अपाङ, गरिव, विपन्नलगायतका व्यक्तिहरुलाई कम्वल वितरण गर्दै आएको मेयर बरवरियाले जानकारी दिएको छ ।

शहिदनगर नगरपालिकाको विभिन्न वडामा पुगेर मेयर उदय बरबरिया यादवले २ हजार घरपरिवारलाई कम्वल वितरण गरिसकेका छन् ।सामाजिक संघ संस्थाहरुसंग समन्वय गरि अझै कम्वल वितरण गर्ने योजना रहेको मेयर उदय बरबरिया यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here