समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । टिभी चोरेर २ बर्षदेखि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको साविक बटेश्वर गा.वि.स.का त्रिभुवन साहको घरबाट टिभी चोर्ने बटेश्वर ४ बस्ने रन्जित कुमार महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका महतोले साहको घरबाट एल.सी.डी. टि.भी. चोरी गरी फरार रहेका थिए । २०७६ पुस १२ गते रातित अन्दाजी १ बजेको समय महतोले टिभी चोरी गरेको सोही पुस २५ गते फैसला कार्यान्वयन हुँदा चोरी गरेको ठहर भएपछि फरार थिए ।

उनलाई शनिवार पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा हाजिर गराईएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here