समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


गौशाला । करिब २० हजार विरामीलाई उपचारको गर्ने उद्देश्यका साथ महोत्तरीको सोनमा गाँउपालिका –३ स्थित खखनामा आयोजना हुने वृहत निःशुल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पुरा भएको छ । यहि मंसिर २७ गतेदेखि पुस ५ गतेसम्म नेपाली सेनाद्धारा स्थानीय खखना माविमा शिविर आयोजन हुदैंछ ।

महोत्तरी क्षेत्र नं. ४ का साँसद एवम पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवको संसदीय विकास कोष एवम स्थानीय सरकारको सहयोगमा आयोजना हुने सो निःशुल्क वृहत स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । खखना माविमा शिविर राखिएको छ । शिविरमा वहिरंग सेवाको उपचार गरिनेछ र जिल्ला अस्पताल जलेश्वरमा अप्रेशन गरिनेछ ।

शिविर आयोजना मुल समितीका संयोजक पूर्वस्वास्थ्य राज्यमन्त्री डा.यादवले शिविरमा वीरेन्द्र सैनिक अस्पतालका ६० जना विभिन्न रोगका विशेषज्ञ चिकित्सकको टोली सहित २ सय भन्दा बढि सेनाको स्वास्थ्यकर्मी खटिनेछ ।

शिविर स्थलमा खानेपानी, शौचालयलगायतको व्यवस्थान भइसकेको छ । स्वास्थ्य मन्त्रालयको ७० लाखको लागतमा संचालित हुने सो शिविरमा महोत्तरी, धनुषा, सिरहा, सिन्धुली, सर्लाहीका विभिन्न रोगबाट पीडित भएकाहरुको निःशुल्क उपचार, ल्याव परिक्षण एवम उपचारपछि निःशुल्क आवश्यक औषधी पनि दिइनेछ ।

अहिले शिविर स्थलमा १२ वटा मेडिकल गाडी राखिएको छ भने ५ वटा एम्बुलेन्स र बसको व्यवस्था गरिएको डा यादवले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here