समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । देश संघियतामा गईसकेपछि संघियता कार्यान्वयनको लागि कर्मचारीहरुको समायोजना गर्दा मापदण्ड विपरीत समाजोजन गरिएकोले नेपाल स्वास्थ्यकर्मी संघ आन्दोलित भएको छ । समायोजन ऐन २०७५ अनुसार कर्मचारीको समायोजन नगरी मापदण्ड विपरीत पदस्थापना गरिएकोले यसलाई सुधार गर्न १७ बुँदे माग अगाडी बढाएको छ ।

शुक्रवार पत्रकार महासंघ धनुषामा पत्रकार सम्मेलन मार्फत संघले आफ्नो माग सार्वजनिक गरेको छ । संघले समायोजन भएर आएका स्वास्थ्यकर्मीहरुलाई स्थानीय तहले निश्चित मापदण्ड अनुरुप पदस्थापना गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुलाई हाजिर नगराउने, तलब भत्ता नै नदिई रमाना पत्र दिएर मानसिक तनाव दिन बन्द गर्नुपर्ने, स्वास्थ्य सेवा ऐन, निजामती सेवा ऐन, संसद सेवा ऐन र स्थानीय ऐन खारेज गरी बन्न लागेको संघिय निजामति सेवा ऐनमा स्वास्थ्यकर्मीहरुको माग सम्बोधन हुनु पर्ने, बाह्य श्रोतमा कार्यरत कर्मचारीहरुको सामाजिक सुरक्षा कोषको रकम सुरक्षित हुनु पर्ने लगायतका सुझावहरु संघले अगाडी बढाएको हो ।

संघले तीन वटै तहको सरकार स्वास्थ्यकर्मीहरुको मागप्रति गम्भिर नरहेको आरोप लगाएको हो । स्वास्थ्यको कार्यक्रमका लागि उपलब्ध गराइने बजेट अन्य शिर्षकमा खर्च हुँदा समग्र स्वास्थ्य क्षेत्र नै प्रभावित भएको संघका केन्द्रिय अध्यक्ष रमेश घिमिरेले बताए ।

उनले स्वास्थ्यको रकम प्रदेश सरकार तथा स्थानीय सरकार भौतिक संरचना निर्माणमा प्रयोग गर्ने गरेकोमा आक्रोश व्यक्त गरे । घिमिरेले मागहरु सम्बोधन नगरिए आफूहरु सरकारकै अंग रहेकोले स्वास्थ्य सेवा प्रवाह प्रभावित नहुने गरी आन्दोलन गर्ने चेतावनी समेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here