समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम, २६ पुस ।

अवैध रुपमा नेपालबाट भारततर्फ मरिच तस्करी गर्ने ६ जना पक्राउ परेका छन्।

बुधवार राति ६ वटा मोटरसाइकलबाट तस्करी गरिरहेको बेला १२ बोरा मरिचसहित धनुषाको नगराईन नगरपालिका–६ स्थित लगमा टोलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष प्रहरी टोलीले करिब तीन सय किलो मरिचसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेहरुमा नगराईन नगरपालिका–१ का रजय यादव, लालु यादव, भारत मधुवनी घर भएका सुधिर यादव, मनिस कुमार महतो, राकेश महतो र सन्तोष राम रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका ६ वटा मोटरसाइकलसहित मरिच नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालाय पठाइएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए।

यसैबीच, भारतबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएका कपडा जनकपुरबाट प्रहरीले बरामद गरेको छ। बिहीवार बिहान करिब अढाइ बजे एक व्यक्तिले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कपडा पुलिसलाई देख्ना साथ छोडेर फरार भएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको टोलीले जनकपुरधाम शिव चोक सडकमा पुलिसलाई देख्ना साथ ज ९ प ६६४९ नम्बरको मोटरसाइकल समेत छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बरामद भएका बच्चाको जिन्स पेन्ट १७४ पीस, बच्चाको पेन्टी १०६८ पीस र लेडीज सल १० पीस भएको पोकासहित मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक शाहीले बताए।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here