समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काजकिस्तान । काजकिस्तानमा १०० मानिस सवार विमान दुर्घटना भएको छ । अधिकारीहरुका अनुसार जसमध्ये १४ जनाको मृत्यु भएको छ ।

हवाई अड्डाका अधिकारीहरुका अनुसार शुक्रवार विहान अल्माटी विमानस्थलबाट उडान भरेको केही समयमा नै बेक एयरको विमान दुर्घटनामा परेको थियो ।

अहिले सम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानस्थलले बताए अनुसार घाइतेहरुलाई बाहिर निकालिरहिएको छ ।

यो विमान काजकिस्तानको सबैभन्दा ठूलो शहर अल्माटीबाट देशको राजधानी नूरसुल्तान जाँदै थियो ।

विमानस्थलका अनुसार विमानमा ९५ यात्रू र चालक दलका पाँच सदस्य थिए ।

दुई तले घरमा ठोकिनु अघि स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा विमानले नियन्त्रण गुमाएको थियो । विमानमा आगलागी भएको कुनै समाचार नआएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here