समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । भारतको हैदराबादमा भएको बहुचर्तित बलात्कार काण्डका चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका छन् । हैदराबादबाट ५० किलोमिटर टाढा रहेको महबुब नगर जिल्लाको चटनपल्ल गाउँमा चार अभियुक्त इन्काउन्टरमा मारिएका हुन् ।

तेलंगना प्रहरीका एडिजी जितेन्द्रका अनुसार शुक्रबार बिहानीपखको ३ बजे चार अभियुक्त प्रहरी कारबाहीमा मारिएका हुन् । प्रहरीले यी चार अभियुक्तलाई लिएर बिहीबार राति महिलाको शव भेटिएको ठाउँमा पुगेको थियो । घटनास्थलपुगेपछि प्रहरीमाथि चारै अभियुक्तले हमला गर्न खोजेपछि भएको मुठभेडमा उनीहरुको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । १४ दिनसम्म प्रहरी हिरासतमा बसेका उनीहरु १५ औं दिनमा प्रहरीसँगको मुठभेडमा मारिएका हुन् ।
प्रहरीसँग्को मुठभेडमा मोहम्मद आरिफ, जोलू शिवा, जोलू नवीन र चिन्ताकुन्टा चेन्नाकेशवुलु मारिएका हुन् ।

यसरी भएको थियो बलात्कारको

२७ नोमेम्बर हैदराबादको एक टोल प्लाजामा २६ वर्षीया पशु चिकित्सक महिलाले आफ्नो स्कुटर पार्क गरिन् । र, आफ्नो काममा निस्किन् । फर्केर आउँदा उनको स्कुटर पन्चर भएको थियो । स्कुटर पन्चर भएपछि त्यही छाडेर उनी ट्याक्सीमा घर जाने निधो गरिन् । त्यसबेला रातको ९ बजिसकेको थियो । राति भएकाले डर लागेको भन्दै उनले आफ्नो बहिनीसँग फोनमा कुरा गरिन् ।
त्यही बेला अचानक एक युवक उनको अगाडि आएर स्कुटर आफूले बनाइदिने बताए । फोनमै ती महिला चिकित्सकले आफ्नी बहिनीलाई यसबारे जानकारी गराइन,–‘एक जना ट्रक ड्राइभर आएको छ, स्कुटर बनाइदिन्छु भन्छ ।’ तर, ती महिलाले ड्राइभरले भनेको कुरा इन्कार गरिन् । तरपनि ती ड्राइभरले महिलाको पिछा गर्न भने छाडेनन् । त्यसपछि ती महिलाले बहिनीलाई केही समयपछि फोन गर्ने भन्दै फोन काटिन् ।

केहीबरेमै ती पशु चिकित्सक महिलाको फोन स्वीच अफ भयो । महिलाको परिवार उक्त टोल प्लाजामा गएर सोधखोज ग¥यो । तर, कही फेला परेनन् । महिला हराएको भन्दै प्रहरीमा निवेदन समेत दिए ।

२८ नोभेम्बर बिहान प्रहरी स्टेशनको सेटमा बनाउँदै गरेको एक पुलको मुनि आधी जलेको अवस्थामा युवतीको शव फेला परेको सूचना आयो । त्यो शव अघिल्लो दिन हराएकी पशु चिकित्सककै हो भन्दै उनका परिवारले सनाखत गरेका थिए । पछि अनुसन्धानबाट ती महिलाको बलात्कारपछि हत्या भएको पुष्टि भयो । घटनाको अनुसन्धानको क्रममा हैदराबाद प्रहरीले चार अभियुक्तलाई पक्राउ गरेको थियो ।

सडकदेखि संसद्सम्म विरोध

यस घटनाको भारतभर विरोध प्रर्दशन भएको थियो । सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो । संसदमा बोल्दै सांसद जया बच्चनले भिडले नै दोषीलाई सजाय दिनुपर्ने समेत टिप्पणी गरेकी थिइन् । संसदमै फाँसी दिनुपर्ने भन्दै कुरा उठेको थियो ।

तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाको लागि सुरक्षित नभएको चिन्ता व्यक्त गर्दै पक्राउ परेका चारै अभियुक्तलाई फाँसी दिनुपर्ने बताएकी थिइन् । उता रक्षामन्त्री राजनाथ सिंहले समेत यस किसिमको घटनाले लज्जित बनाएको बताएका थिए ।

चार अभियुक्तको प्रहरी कारबाहीमा मारिएपछि मृतक महिलाकी बहिनीले प्रहरीको यो इन्काउन्टर उदाहरण बन्ने प्रतिक्रिया दिएकी छन् । यवुतीका बुवाले पनि प्रहरी इन्काउन्टर उचित रहेको बताउँदै भनेका छन्,–‘तिलंंगना सरकार, प्रहरी र मेरो साथमा उभिने सबैलाई धन्यवाद ।’

रक्सीको आडमा सात घण्टासम्म बलात्कार

रक्सी पिएर यी चार अभियुक्तहरुले ती महिलालाई सात घण्टासम्म बलात्कार गरेका थिए । मारिएका चारै जना ट्रक ड्राइभर हुन् । एक जनाको उमेर २६ वर्ष छ भने बाँकी तीनै जना २० वर्षभन्दा मुनिका छन् ।

भारतमा बलात्कारका घटना डरलाग्दो रुपमा देखापर्दै आएका छन् । उत्तर प्रदेशमा गत मार्चमा बलात्कार भएपछि उजुरी दिन अदालत जान लागेकी महिलामाथि आगो लगाइएको थियो । उनी अहिले अस्पतालमै उपचाररत छिन् ।

सन् २०१२ को डिसेम्बरमा दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएको थियो । सन् २०१७ को तथ्याङ्क अनुसार भारतमा दैनिक ९२ वटा बलात्कार घटना सार्वजनिक हुने गरेका छन् । २०१७ मा मात्रै ३३ हजार ६ सय ५८ वटा बलात्कार घटना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here