समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाएर ल्याएको हिरा र सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक किजाकेथिल नौसाद र मोहमद म्यादिन स्थाली रहेका छन् । विमानस्थलमा चेकजाँचका क्रममा नौसादको साथबाट आधा किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै, मलेसियाबाटबाट नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका अर्का भारतीय स्थालीबाट २ सय २२ ग्राम हिरा बरामद भएको छ । शंका लागेर चेकजाँच गर्दा दुवै जनाले मलद्वारमा लुकाएर सुन र हिरा ल्याएकाे भेटिएको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here